नेता रायमाझी र विद्यार्थी नेताहरुबीच भेटवार्ता

काठमाडौं, भदौ ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यहि ५ भाद्र भित्रमा संगठनको एकता घोषणा कार्यक्रम नजिकिदै गर्दा नेकपाका प्रभाबशाली नेता टोपबहादुर रायमाझी र विद्यार्थी नेताबिच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार काठमाडौंमा भेटवार्ता भएको हो ।

भेटमा विद्यार्थी संगठनका पूर्ब उपाध्यक्ष बिजय हमाल, विद्यार्थी सचिब प्रबिना अधिकारी, विद्यार्थी केन्द्रिय सदस्य तथा चार नम्बर प्रदेशका सह संयोजक हरि सिग्देल, नवलपरासी विद्यार्थी नेता दिनेश केसि, शंकरदेब क्याम्पसका अध्यक्ष मदन ढकाल ,अनेरास्ववियु शंकरदेबका सचिब अर्जुन खनाल, तत्कालीन माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिश चन्द्र पोख्रेल सहभागि थिए ।

यस्तै, भेटमा शंकरदेब कलेजका पूर्ब अध्यक्ष भुवन चेम्जोङ, आर आर कलेजका विद्यार्थी नेता शिशिर बस्याल, मुस्लिम नेतृहरु आसिया बानु, आयसा खातुन लगायत ४ र ५ नम्बर प्रदेशका युवा तथा विद्यार्थी नेता पनि उपस्थित थिए । अधिकांश विद्यार्थी नेताहरुले नेता रायमाझीसँग नयाँ समीकरण सबैको चित्त बुझ्ने बनाउन आग्रह गरेका थिए । भेटघाटमा नेता रायमाझीले पार्टीलाई एक अनुशासन, विधि र प्रणालीमा लैजान आफूले पहल गर्ने बताए ।

कमेन्ट गर्नुहोस्