अब १८ नपुगेका कैदीबन्दीलाई सुधारगृहमा राखिने

काठमाडौं, भदौ ४ । सरकारले १८ वर्षभन्दा कम उमेरका कैदीबन्दीलाई अब बाल सुधारगृहमा सार्ने भएको छ । १ भदौबाट लागू नयाँ ऐनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालक मानेपछि उनीहरूलाई सुधारगृहमा सारिने भएको हो ।

मुलुकी अपराधसंहिता ऐन, ०७४ को परिभाषा २ को खण्ड ‘ङ’ ले १८ वर्ष उमेर पूरा नगरेकालाई नाबालक मानेको छ । कानुनतः नाबालकलाई अन्य कैदीबन्दीसरह जेलमा राखिनुहुँदैन । उनीहरूलाई छुट्टै सुधार गृहमा राखिनुपर्छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले १८ वर्षभन्दा कम उमेरका कैदीबन्दीलाई सुधार गृहमा राख्न मातहतका निकायमा निर्देशन दिइसकिएको बताए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!