फोरमका केन्द्रीय सदस्यसहित सयौं कार्यक्रता नेकपा प्रवेश

रौतहट, भदौ ४ । मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर महतोसहित सयौँ कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । उनीहरु आइतबार नेकपाद्वारा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा प्रवेश गरेका हुन् । फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर महतोसहित सयौँ कार्यकर्ता नेकपा प्रवेश गरेका राससले लेखेको छ ।

यसैबीच, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं २ लाई भ्रष्टाचारमुक्त समाज बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । आफनो गृहजिल्ला रौतहटको राजदेवी नगरपालिका-७ अवस्थित सामुदायिक भवनको उद्घाटन गर्दै भ्रष्टाचारमुक्त समाज निर्माणमा सबैको सहयोगको अपिल गरे ।

वरिष्ठ नेता नेपालले प्रदेश नं २ कै नमुनाको रुपमा रहेको गौर नगरपालिकास्थित गौर राइसमिलको सार्वजनिक छ बिगाहा जग्गा मधेशवादी दलका केही नेताहरुले बिक्री वितरण गरेकामा आपत्ति जनाउँदै उनीहरुमाथि कानूनी कारवाही हुने चेतावनी दिए ।

सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न कडा कदम चालिरहेको उनले बताए । नेकपाका नेता सत्यनारायण भगतको सभापतित्व सम्पन्न कार्यक्रममा सांसदहरु प्रभु साह, नागेन्द्र चौधरी, कल्याणी खडका, डा. बंशीधर मिश्र, लालबाबु यादव, रेखा झा, सरला यादव पनि सहभागी थिए । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!