नेल्टाको प्रथम प्रादेशिक सम्मेलन सम्पन्न

धनगढी, भदौ ३। अंग्रेजी भाषा शिक्षकहरूको छाता संस्था नेपाल इङलिस् ल्याङ्ग्वेज टिचर्स एसोसिएसन- नेल्टाको प्रदेश न ७ को पहिलो प्रादेशिक सम्मेलन सम्पन्न भएको छ।

प्रदेश नं. ७ को अन्तरिम प्रादेशिक राजधानी धनगढीस्थित शुभ पार्टी प्यालेसमा नेल्टाका केन्द्रिय महासचिव इश्वरी बहादुर अधिकारीको अधक्षतामा सम्पन्न उक्त सम्मेलनमा प्रदेश नं. ७ का सामाजिक विकासमन्त्री दीर्घ बहादुर सोडारीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुदूर पश्चिमाञ्लचल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा जयराज अवस्थी रहेका थिए। कार्यक्रममा सुपविका पूर्व रजिष्ट्रार प्रा डा हेमराज पन्त र धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रमको प्रमुख वक्ता प्रा डा अवस्थी रहेको उक्त सम्मेलनमा प्रदेशका नौ वटै जिल्लाको प्रतिनिधित्व गरेर २५० जना अंग्रेजी विषयका शिक्षक, प्रशिक्षकहरूको उपस्थिति रहेको थियो।

उक्त प्रादेशिक सम्मेलनले रामजी हमालको अध्यक्षतामा १८ सदस्यीय प्रादेशिक कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । कार्य समितिमा वरिष्ठ उपाध्यक्ष शंकरदत्त भट्ट, उपाध्यक्ष लक्षमण प्रसाद उपाध्याय, महासचिव सुरेन्द्र राज ओझा, सचिव अर्जुन रजवार, सदस्यता सचिव अर्जुनसिंह नेगी, कोषाध्यक्ष यादव शर्मा चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा विष्णुदत्त जोशी, भानुभक्त जोशी, प्रेमसिंह भाट, नरेन्द्रबहादुर ऐरी, शान्ति भट्ट, लक्ष्मणदत्त भट्ट, गम्भीर चन्द, लालबहादुर बोहरा, पदमबहादुर चन्द, भागरथी जोशी र भानुभक्त भट्ट रहेका छन् ।

तस्वीर सुरेन्द्र अाेझाकाे फेसबुकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!