टिका–टिप्पणीप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

काठमाडौं, भदौ ३ । प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरण नतिजाका सन्दर्भमा पछिल्लो समय विभिन्न माध्यमबाट भएको टिका–टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हालै प्रकाशित आर्थिक वर्ष २०७२/०७३ र २०७३/०७४ को पत्रपत्रिका वर्गीकरण नतिजाका सन्दर्भमा केही दिनदेखि उठेका टिका–टिप्पणीप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘सबैलाई न्याय दिने गरी काउन्सिलका सबै पदाधिकारीहरूबीचको गहन छलफल र सहमतिपश्चात् सम्प्रेषित यस नतिजाउपर पुनरावलोकन/पुनःमूल्यांकन प्रक्रिया शुरु भइसकेको अवस्था छ । यस नतिजामा सम्पादकीय, समाचार र अन्य सामग्रीहरु हुबहु गर्ने पत्रपत्रिकाहरूलाई समेत कमी–कमजोरीको प्रकृतिका आधारमा न्यूनतम् वर्ग कायम गरी नतिजा प्रकाशन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै हुबहु ठहरिएवापत दुई वर्षसम्म सुविधा नपाइने पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी मापदण्डमा उल्लेख छ । सम्भवतः इतिहासमै पहिलोचोटी सरकारी हस्तक्षेपबिना प्रकाशित गरिएको नतिजा प्रकाशित गरिएकोे प्रेस काउन्सिल नेपालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!