प्रवासीहरु सामाजिक कार्यमा पनि सक्रिय

रियाद, भदौ ३ । प्रवासमा रहेका नेपालीहरु पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुने क्रम बढेको छ ।

दैविक प्रकोपवाट रहेको बेला २ नं प्रदेश अन्तर्गत सप्तरी को सुरुङा नगरपालिका ३ निवासी अग्निपिडित धुब्र कार्की परिवारलाई आइतबार साउदी अरबमा कार्यरत मजदुरबाट संकलित रकम साउदी रियल (२३०३) नेपाली ६४,४०० रुपैयाँ सहयोग गरेको छ ।

साउदीमा कार्यरत भक्त कार्की सर्वहारा, हरिबहादुर बुढाथोकी, केदार कटुवाल, जगत राउत, तेज कार्की, युवराज कटुवाललगायत पहलमा संकलित रकम गाउँका जेष्ठ नागरिक ललितबहादुर कार्कीमार्फत युवा उधमी कैलास बुढाथोकी महिला अधिकार कर्मी कोपिला कार्की लगाएत गाउका उपलब्ध छिमेकीको रोहवरमा पीडित धुर्ब कार्कीको श्रीमती सुजिता कार्की लाई हस्तान्तरण गरिएको हो ।

गत फागुन ९ गते भान्सा कोठाबाट सल्किएको आगोले घरसहित घरमा रहेको नगद सुन चादी लत्ताकपडा अन्नपात गुमाएका हाल सुरुङगा नगरपालिका ३ साबिकको सप्तरी जिल्ला हर्दिया ९ भेडिया का कार्की को पुनर्स्थापनाको लागि शुभेच्छुक आफन्त बाट आर्थिक सहयोग थालिएको थियो ।

पीडित कार्कीको पुनः बास सहजताको लागि गाउँ लगाएत कतारबाट पनि आर्थिक सहयोग उपलब्ध गरिएको कुरा समेत जानकारी गराउनु भभएको छ। तर यति धेरै क्षति हुदा पनि सरकारी निकाय र गैरसरकारी संघ संस्थाबाट भने खासै सहयोग नपाएको पीडितको गुनासो छ।

यस अभियान का भक्त कार्की सर्बहारा नेकपा माओवादी केन्द्र को प्रबास संगठन नेपाली जनप्रगतिसिल मंच साउदी अरबका केन्द्रिय सह कोषाध्यक्ष समेत रहेर सामाजिक कार्य गरि रहेकाे जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!