एसियाड: पाकिस्तानलाई ३-१ ले हराउँदै नेपाल क्वाटरफाइनलमा

इन्डोनेसिया, भदौं ३ ।

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत नेपालको ब्याडमिन्टनको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा नेपालले पाकिस्तानलाई तीन एकले हराएको हो ।

तीन एकल र दुई युगल प्रतिस्पर्धा समावेश हुने यस खेलमा नेपालले दुई एकल र एक युगलमा जित हात पारेको हो । एकलतर्फ नम्बर एक रत्नजित तामाङ र दिपेश धामीले जित हात पारेका हुन । नविन श्रेष्ठ भने पराजित भए ।

युगलतर्फ दिपेश र रत्नको जोडीले जित हात पारेपछि नेपाल एक युगल प्रतिस्पर्धा अघि नै क्वाटरफाइनलमा पुगेको हो । नेपालले क्वाटरफाइनलमा चाइनिज ताईपेइको सामना गर्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!