एउटै समयमा आइसियुमा काम गर्ने १६ नर्स गर्भवती !

काठमाडौं, भदौ ३ । सुन्दा अलि अचम्म लाग्ने तर घटना सत्य । घटना हो अमेरिकाको एरिजोनामा रहेको एक अस्पालको । यो अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा कार्यरत १६ नर्स गर्भवती भएका छन् । एरिजोनाको मिसामा रहेको अस्पतालको आइसियुमा कार्यरत १६ नर्स लगभग एउटै समयमा गर्भवती भएका हुन् ।

उनीहरु आमा पनि एकसाथ बन्न लागेका हुन् । १६ नर्स मध्ये पहिलो बच्चा सेप्टेम्बरमा जन्मिने छ भने अन्तिम बच्चा आउँदो जनवरीमा । गर्भवती भएका आइसियुका केही नर्सले शुक्रबार पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुले एकसाथ क्रिमसका बेला बिदा लिन लागेको पनि बताएका थिए । एरिजोनाको ब्यारेन हेल्थ अस्पतालका कर्मचारीले आउँदो हप्ता सबै गर्भवती नर्सको संयुक्त बेबी सावर गर्दै छन् । त्यसपछि गर्भवती नर्स मध्येका कोही १२ हप्ते सुत्केरी बिदामा जाने थाल्ने छन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!