नेविसंघ महाधिवेशनः ३ महिना म्याद थप, ३२ वर्षे उमेरहदको विवाद कायमै

काठमाडौं, भदौ ३ । ३२ वर्षे उमेरहदले नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशन प्रभावित बन्न सक्ने खतरा देखिएको छ । निर्धारित कार्यकाल दुई वर्षमा १२औँ महाधिवेशन नभएपछि नेविसंघका पदाधिकारीले पार्टीलाई तीन महिनामा महाधिवेशन गर्न सकिने प्रतिबद्धता जनाएपछि मंसिरसम्म कार्यकाल थपिएको छ । तर, यो तीन महिनालाई ३२ वर्षे उमेरहदले जोखिममा पार्ने देखिएको हो ।

पदाधिकारीसहितमा निर्वाचित हुन ३२ वर्ष ननाघेको हुनुपर्ने नियम यसपटकदेखि लागू हुँदै छ । तर, यो नियम लागू हुँदा अहिलेका पदाधिकारीहरूले महाधिवेशनमा उठ्नै नपाउने भएकाले फेरि पनि महाधिवेशन नहुने हो कि भन्ने शंका उब्जिएको हो ।

‘नेविसंघका वर्तमान पदाधिकारीहरूले नै तीन महिनाभित्र महाधिवेशन गर्न सक्छौँ भन्ने कार्ययोजना ल्याएपछि तीन महिना थप समय दिन पार्टी तयार भएको हो,’ नेविसंघको विवाद मिलाउन बनेको निर्देशक समितिका एक सदस्यले भने, ‘यो पटकटदेखि ३२ वर्षे उमेरहद लागू हुँदै छ । नयाँ पत्रिकामा खबर छ ।

नयाँ नियमले अहिलेका पदाधिकारी उम्मेदवार हुन पाउँदैनन् । किनकि उनीहरू अधिकांश ३२ वर्षमाथिका छन् । आफू पदाधिकारी बन्न नपाउँदा अरूलाई नेता बन्ने बाटो खुलाउने गरी पदाधिकारीहरूले महाधिवेशन गर्न सक्रियता देखाउँदैनन् कि भन्ने आशंका पनि छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!