पासाङल्हामु राजमार्ग अवरुद्ध

नुवाकोट, भदौ ३ । पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली-बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ । आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका-१ र विदुर नपा-१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक नै कटान भएकाले निर्माणका लागि गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास शुरु भएको प्रहरीले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्