प्रदूषण मापदण्ड नै नभएको मोटरसाइकल !

काठमाडौं, भदौ ३ । मुलुकमा सवारीसाधन आयात गर्दा नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ (यूरो थ्री समानस्तर) पूरा गरेको हुनुपर्ने प्रावधान छ । तर बंगलादेशको मोटरसाइकल ‘रनर’को भने कुनै प्रदूषणस्तर नै नभएको खुलेको छ । बंगलादेश सरकारले हालसम्म प्रदूषण मापदण्ड नै कायम नगरेकाले यसको गुणस्तरका सम्बन्धमा प्रश्न उठेको हो । कारोबारमा खबर छ ।

प्रदूषण मापदण्ड नै नभएको देशमा बनेको मोटरसाइकल यूरो थ्री स्तरको मापदण्ड लागू भएको नेपालमा भित्र्याइ बिक्री गरेको तथ्य फेला परेको छ । भरतबाट आयात हुने सवारीसाधनले बीएस थ्री (यूरो थ्रीसरह) प्रमाणित सर्टिफिकेट बुझाएपछि यातायात व्यवस्था विभागले प्रदूषणस्तर ठिक छ भनेर आयातको अनुमति दिन्छ ।

तर बंगलादेशमा उत्पादित रनर मोटरसाइकल कम्पनीले आफ्नै स्ट्याण्डर्ड बुझाएकै भरमा यूरो थ्री सरह छ भनेर आयात अनुमति पाएको छ । सवारीसाधनको प्रदूषणस्तर स्तरोन्नति गरी यूरो फोर लागू गर्ने तयारी भइरहेका बेला यस्तो तथ्य बाहिर आएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!