राष्ट्रसंघका पूर्वमहासचिव कोफी आननको निधन

काठमाडौं, भदौ २ । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी आननको निधन भएको छ । ८० वर्षीय आननको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको छ।

निधनबारे पुष्टि गर्दै उनको परिवारले उनी एक विश्वव्यापी राजनेता भएको जो आफ्नो जीवनभर अझ समान तथा शान्तिपूर्ण विश्वका लागि गहिरो रूपमा प्रतिबद्ध रहेको बताएको छ।

सन् १९९७ देखि २००६ को बीचमा दुई पटक दुई कार्यकाल उनले महासचिवको कार्यभार सम्हालेका थिए। संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने उनी पहिलो अश्वेत अफ्रिकी हुन्।

सन् २००१ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!