संविधानले कसैलाई विभेद गरेको छैन : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने आधा दर्जन युवा पक्राउ

जनकपुरधाम, भदौं २ ।प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने आधा दर्जन दर्जन बढी युवालाई प्रहरीले पक्राउ गरेको गरेको छ । विरोध प्रदर्शन उत्रिएका प्रदर्शनकारीलाई प्रहरी प्रदेशसभा अगाडिबाट नियँत्रणमा लिएको हो ।

प्रधानमन्त्री ओली शनिबार २ नं प्रदेशसभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले संविधानले कसैलाई पनि विभेद नगरेको स्पष्ट पारे । उनले भने, ‘संविधानले कसैलाई विभेद गर्दैन। गरेको छैन। यदि विभेद गरिएको छ भने वा त्यस्तो देखियो भने संविधान र कानून संशोधन हुन्छ ।’

केही समय अघि भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणका क्रममा २ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्य र संविधानले आफूहरुलाई विभेद गरेको सार्वजनिक रुपमा गुनासो गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!