भारतमा बाढीबाट ९३० जनाको मृत्यु, केरलामा मात्रै ३२४ काे मृत्यु

नयाँदिल्ली, भदौं २ । भारतमा वर्षा र बाढीका कारण अहिलेसम्म ९३० जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । वर्षा र बादीको चपेटामा केरलामात्रै ३०० भन्दा धेरैको मृत्यु भइसकेको छ भने लाखौं प्रभावित भएका छन् ।

शताब्दीकै खराब भनिएको बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा अहिलेसम्म कम्तीमा ३ सय २४ जनाको ज्यान गइसकेको अधिकारीहरूले बताएका छन्।

उद्धारकर्ताहरूले स्थानीय बासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीमा कार्य जारी राखेका छन् । केरलामा मात्रै अहिलेसम्म दुई लाख भन्दा धेरैमानिसहरू आफ्नो घर छोडेर शिविरहरूमा बसिरहेका छन्।

वर्षा र बाढीबाट सबैभन्दा बढी प्रभावित केरलाको प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण गरिसकेका छन् । केरला सरकारका अनुसार अधिकांश मृर्तकको पहिरो र बाढीकाकारण पुरिएर ज्यान गएको जनाएको छ।

केरलाको मुख्य विमानस्थल अगष्ट २६ तारिखसम्म बन्द हुने बताइएको छ । बाढी आएको क्षेत्रमा उद्धारका लागि सयौं उद्धारकर्मी खटिएका छन्।

हेलिकोप्टरमार्फत् खासगरी बालबालिका र बृद्धबृद्धालाई उद्धार गरेर सुरक्षित स्थलतर्फ लगिँदै गरेको दृश्य उक्त क्षेत्रबाट प्रेषित गरिएका तस्वीर र भिडियो सामाग्रीमा देखिन्छ।

सञ्चारमाध्यमका अनुसार उद्धार प्रयासमा सघाउन तीन सय भन्दा बढी डुंगाहरू प्रयोग गरिएका छन्। सरकारले मानिसहरूलाई बाढी प्रभावित क्षेत्रबाट अन्यत्र लैजाँदा दिइएका निर्देशनहरूको बेवास्ता नगर्न आह्वान गरेको छ।

उद्धार गरेर अन्यत्र सारिएका दशौं हजार मानिसहरूलाई सरकारले खानेकुराहरू बाँडिरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!