नेकपाको स्वास्थ्य संगठनको एकीकरण अन्तिम चरणमा

काठमाडौं, भदौ २ । पूर्वएमाले र माओवादी केन्द्रनिकट स्वास्थ्यकर्मीहरूका संगठन एकीकरण अन्तिम चरणमा पुगेका छन् । एकीकृत संगठनको अध्यक्षमा पूर्वएमालेनिकट स्वास्थ्य संगठनका अध्यक्ष भक्तिमान सुब्बाले दाबी गरेका छन् । यस्तै, पूर्वमाओवादीनिकट संगठनका अध्यक्ष कृष्णसागर शर्मा र महासचिव दलबहादुर जिसीले पनि एकीकृत संगठनको अध्यक्ष दाबी गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

पार्टीमा निरन्तर सक्रिय भूमिका निभाएको तथा विगतमा विद्यार्थी राजनीतिमा समेत उल्लेख्य योगदान गरेकाले आफूले अध्यक्ष पाउनुपर्ने दाबी जिसीको छ । उनी अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघमा रहँदा तत्कालीन अवस्थाका ७५ वटै जिल्लामा पुगेर संगठन निर्माण गरेका कारण पनि आफ्नो सक्रियताको मूल्यांकन हुनुपर्ने उनले बताए । पूर्वमाओवादी केन्द्रीय सदस्य हुँदै प्रस्तावित पोलिटब्युरो सदस्यसम्म भएकाले स्वास्थ्य संगठनको अध्यक्ष आफूले पाउनुपर्ने जिसीले दाबी गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!