एकीकरण प्रक्रियाः क्रान्तिकारी हट्ने, दीर्घ ‘यू’मा सहमति

काठमाडौं, भदौ २। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीचको एकीकरण प्रक्रिया अन्तिमतिर पुगेको छ । तत्कालिन एमाले र माओवादीबीच गत जेठ ३ मा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि भातृसंगठनबीच एकीकरण गर्ने क्रममा विद्यार्थी संगठनले एकीकरण प्रक्रियालाई अन्तिम अवस्थामा पुर्याएका हुन् । नागरिक दैनिकमा खबर छ ।

‘अब संगठनको नाम अनेरास्ववियू हुनेछ भने केन्द्रीय कमिटी ४ सय १९ जनाको बन्नेछ ।’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘यसअघि नै विधान र राजनीतिक तथा शैक्षिक कार्यक्रमका बारेमा टुंगो लागिसकेको अवस्था छ ।’ उनका अनुसार, संगठनको नामको अन्तिम अक्षरमा दीर्घ यू लेख्ने सहमति भएसँगै नामाकरण टुंगिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!