म हत्यारा बन्न तयार छु

आफ्ना आमा नचिन्ने
नालायक पुत्रहरुलाई
बाँच्ने कुनै अधिकार छैन
यो धर्तीमा
आफनै चेलीको अस्मिता लुट्ने
ती यौन पिपासूहरुलाई
गोली ठोक्न अनुमति देउ
सरकार
म हत्यारा बन्न तयार छु ।

मणिकुमार श्रेष्ठ ‘सिजन’

दिनदिनै बढिरहेको छ यहाँ
हत्या र हिंसा
संविधानको वर्खिलाप भईरहेछ
कानून बन्छ यो देशमा
जसले व्याख्या गरेपनि
फरक ढंगले गर्न सकिने
तिनै कानूनको आडमा
मौलाईरहेछन्
देशद्रोही दलालहरु
त्यसैले त दलालहरुलाई
गोली ठोक्न अनुमति देउ
सरकार
म हत्यारा बन्न तयार छु ।

दिन दहाडै !
लुटिन्छ नेपाली चेलीको अस्मिता
कहिले देशमा, कहिले प्रदेशमा
कहिले आफ्नैबाट त कहिले सहकर्मीबाट
समातिन्छन् दोषीहरु
छुट्छन केहीवर्षमा
तर, चेलीको अस्मिता
लुटिन्छ जीवनभरको लागि यहाँ
त्यसैले त
अस्मिता लुटने
नर पिपासुहरुलाई
बाँच्ने अधिकार छैन यहाँ
गोली ठोक्न अनुमति देउ
सरकार
म हत्यारा बन्न तयार छु ।

साल्पासिलिछो, भोजपुर

कमेन्ट गर्नुहोस्

error: Content is protected !!