अटलबिहारी वाजपेयी थिए हेमा मालिनीका सबैभन्दा ठूला फ्यान, एउटै फिल्म हेरे २५ पटक

भारतीय जनता पार्टी (भाजपा) का महान नेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय अटलबिहारी वाजपेयी राजनीतिज्ञ मात्रै नभएर कवि, पत्रकार कलाका ठूला पारखी थिए । उनी सन २००९ सम्म राजनीतिमा सक्रिय रहे । र तीन पटक भारतको प्रधानमन्त्री बने ।

वाजपेयी भारतका चर्चित कवि त थिए । साथै उनको फिल्ममा पनि खुबै रुचि थियो । अटल बिहारी वाजपेयी अभिनेत्री हेमा मालिनीका सबैभन्दा ठूला फ्यान थिए । हेमा मालिनीको फिल्म सीता र गीता वाजपेयीले २५ पटक हेरेको थिए । जसले फिल्म फेयर अवार्ड पनि जित्यो ।

एउटा अन्तर्वार्ताका क्रममा हेमाले यो खुलासा गरेकी हुन । सन १९७२ मा रिलिज भएको फिल्म सीता र गीतालाई रमेश सिप्पीले निर्देशन गरेका हुन । यसमा हेमा मालिनीको डबल रोल छ ।

१० पटक लाेकसभा सांसद र दुर्इ पटक राज्यसभा सदस्य भएका वाजपेयीकाे  बिहीबार साँझ ९४ वर्षकाे उमेरमा एम्स अस्पतालमा निधन भएकाे हाे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!