निक जोनस परिवारसहित भारत आउदै, प्रियंका र निकको इन्गेजमेन्ट पार्टी कहाँ ?

काठमाडौं, भदौ १ । बलिउडकी बोल्ड अभिनेत्री प्रियंकाको इन्गेजमेन्टको क्रममा भेटघाट राम्रोसँग नभएको भन्दै निक तथा उनको परिवार भारत आउँदै छ । भारतीय सञ्चार माध्यमका अनुसार यही अगष्ट १८ तारिखमा प्रियंका चोपडाले इन्गेजमेन्टको खुशियालीमा भब्य पार्टीको आयोजना गर्न लागेकी छिन् ।

यही पार्टीमा प्रियंका र निकका परिवारले उनीहरुको विवाहको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । केही दिन अगाडि अभिनेत्री रविना टण्डनले निकले प्रियंकालाई इन्गेजमेन्टमा लगाइदिएको औंठी सहितको फोटो शेयर गरेकी थिइन् । उक्त औंठीको मुल्य २ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ ।

प्रियंका भारतीय परम्परा अनुसार नै विवाह गर्न चाहान्छिन् । सबैकुरा योजना अनुरुप भएमा प्रियंका छिट्टै नै निक जोनसकी बेहुली बन्नेछिन् । केही दिन अघि निकले प्रियंकाका साथ परिवार बसाल्न चाहेको कुरा पनि बताएका थिए । यो कुराबाट पनि प्रष्ट हुन्छ कि निक र प्रियंका विवाहको तयारीमा जुटीसकेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!