मन्त्री बिष्ट र प्रवासीको हकहितमा सक्रिय पदाधिकारीबीच भेटवार्ता

काठमाडौं, साउन ३१ । श्रम रोजगार तथा सामाजिक मन्त्री गोकर्ण बिष्ट र के आइ नेपाल सस्थाका प्रमुख इन्द्र भट्टराई, मुम्जान मिया र प्रबासी मजदुर समस्याबारे लामो समय आन्दोलन चर्काउदै आएका बि बि खनालसहितको टोलीबीच भेटबार्ता भएको छ । उनीहरुबीच बिहीबार भेटवार्ता भएको हो ।

उक्त टोलीले मन्त्री बिष्टलाई भेटेर वैदेशिक रोजगारीको नाममा दिल्ली हुँदै इराक, सिरिया, लिबिया, ओमन, कुबेत लेबलानमा नेपाली चेलीबेटी बेचबिखन भैरहेको र खाडी देशमा मेनपावर व्यावसायिक र दलालहरुले आजाद भिसाको नाममा ठगी गर्दै नेपालीहरुलार्इ अलपत्र पारेको र मेनपावर व्यावसायिले चर्को मूल्य असुलेर वैदेशिक रोजगारीमा मनपरि गरेकोबारे ध्यानाकर्षण गराएका छन ।

के आइ नेपालका प्रमुख भट्टराईले चेलीबेटी बेचबिखनबिरुद्ध र वैदेशिक रोजगारको नाममा नेपाली महिलालाई तेस्रो मुलुकमा लगेर बेचिएकोबारे मन्त्री लाई ध्यानाकर्षण गराउँदै आफ्नो संस्थाले एक महिना अगाडि भारतको पहाडगन्ज स्थित दिल्लीबाट दिल्ली महिला आयोगको सहयोगमा ९० जना नेपाली महिलालार्इ उद्दार गरेको उल्लेख गरे । भट्टराईले

खुला नाकाको कारण नेपाली चेलीबेटी रोजगार पाउने आशामा बेचिएकोबारे चिन्तित हुँदै मन्त्री लाई गम्भीर हुन आग्रह गरे । खाडी देशमा नेपाली मजदुरहरुको हकहितको बारे आन्दोलन उठाउदै आएका बि बि खरालले दूतावासमा बस्ने श्रमिक कर्मचारी मजदुरहरुको गुनासो सुन्नुको साँटो मेनपावर व्यावसायिहरुको चाकरी गरेका कारण नेपाली मजदुरहरु अलपत्र पर्ने, भनेको तलब सुबिधा नपाउने र आजाद भिसामा ठगिने नेपालीहरुले न्याय नपाएकोप्रति मन्त्री गोकर्णको ध्यानाकर्षण गराए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!