सीपीएलमा अहिले पोलार्ड र ब्राबोको टिम भिड्दै [LIVE]

काठमाडौं, भदौं १ । वेस्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएलमा) अहिले ट्रङ्बागो नाइट राइडर्सएसटी लुसिका स्टारबीच खेल भइरहेको छ । राइडर्सको कप्तानी डिजे ब्राबोेले गरेका छन् । भने, स्टारको नेतृत्व किरोन पोलार्डले ।

राइडर्समा स्टार खेलाडी सुनिल नारायन, क्रीश लेन, दिनेश रामदिन, सी मुन्द्रो, अलि खान रहेका छन् । भने, स्टारमा डेबिड वार्नर, ब्रेण्न म्याकलम, मिचेल म्याक्लुघन, डारेन सामीजस्ता नाम चलेका खेलाडी छन् ।

लाइभ स्कोरका लागि यहाँ क्लिक गर्नुस्

आज विहान ५ः४५ मा शुरु भएको खेलमा नाइट राइडर्सले टस जितेर फिल्डीङ रोजको छ । अंक तालिकाका स्टार पुछारमा छ । भने, नाइट राइडर्स चौथो स्थानमा रहेको छ । सीपीएलमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने पनि आवद्ध रहेका छन् । उनी क्रीश गेल कप्तान रहेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलि रहेका छन् । उनले तीन खेलमा पाँच विकेट लिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!