प्रदेश ५ को अध्यक्षका लागि राना र पुनको नाम सिफारिस

काठमाडौं, साउन ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश र त्यो भन्दा तल्लो तहमा पार्टी एकीकरणको अन्तिम तयारीमा जुटेको छ । आगामी भदौं ५ गतेसम्म सबै तहको एकता प्रक्रिया सम्पन्न गर्ने नेकपाको तयारी छ । त्यसैक्रममा एकताका लागि कार्यदलले प्रतिवेदन बुझाउने क्रम शुरु भएको छ ।

प्रदेश र जिल्ला कमिटी एकीकरण गर्न गठित कार्यदलले विहीबार महासचिव विष्णु पौडेललाई नेकपाले प्रदेश नं ५ को प्रतिवेदन बुझाएको छ । जसमो अध्यक्षहरुको नाम सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।

नेकपाको प्रदेश ५ कमिटीको अध्यक्षमा दलबहादुर राना मगर र गणेशमान पुन मगरको नाम सिफारिस भएको छ ।

प्रदेश अध्यक्षमा सिफारिस भएका दलबहादुर रानामगर पाल्पा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा तत्कालिन एमालेका प्रदेश ५ सहसंयोजक हुन् । त्यस्तै गणेशमान पुन तत्कालिन माओवादी जनमुक्ति सेनाका डिभिजन कमाण्डर तथा पूर्वमन्त्री हुन् ।

जस अनुसार पूर्व माओवादी केन्द्रको आधार क्षेत्र मानिने रोल्पा र रुकुम (पूर्वी भाग) को नेतृत्व माओवादी केन्द्रले नै पाउने भएको छ।

जस अनुसार १२ जिल्ला रहेको प्रदेश– ५ का ७ जिल्लाको नेतृत्व (अध्यक्ष) पूर्व एमालेको तर्फबाट हुनेछन् भने माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउनेछ।

एमालेले अध्यक्ष पाउने जिल्लाहरुमा रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान र दाङ छन्। माओवादी केन्द्रले रुकुम (पूर्वी भाग), रोल्पा, बाँके, बर्दिया र नबलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को भाग पाउने भएको छ।

यसैगरी प्रदेश ५ को प्रदेश कमिटीको आकार र भागबण्डा पनि दुबै पक्षले टुङ्ग्याएका छन्।

जस अनुसार प्रदेश ५ मा नेकपाको प्रदेश कमिटी २०३ सदस्यीय हुनेछ, जसमा पूर्व एमालेबाट १०६ र पूर्व माओवादी केन्द्रबाट ९७ जना हुनेछन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!