एनआरएन कतारको समन्वयमा कतारमा तीज मनाइदै

दोहा, साउन ३१ । आउदै गरेको नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज कतारमा पनि भव्यताका साथ मनाइने भएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा आगामी सेप्टेम्बर १४, २०१८ का दिन दोहाको गल्फ प्याराडाइज होटलको सभाहलमा कार्यक्रम गर्ने एनआरएनए कतारले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

विगतको जस्तै संस्थाले कार्यक्रमको शुल्कसमेत तोके छ । सूचनामा बताइए अनुसार आयोजकको लागि आयोजक शुल्क कतारी रियाल ५१ कतारीयन रियाल निर्धारण गरेको छ ।

आयोजक रहन इच्छुक संघसंस्थालाई आफ्नो संस्थाको नाम दर्ता समेत गराउन अनुरोध गरेको छ । जसमा संस्थाका प्रथम उपाध्यक्ष ५५८६८२१४ र सचिव ६६४४३१४७ नम्बरमा सम्पर्क गरि आगामी ३१ अगष्ट २०१८ सम्म दर्ता गराउन सकिने जानकारी गराइएको ।

कमेन्ट गर्नुहोस्