तीजमा हरिदेवी कोइराला कतार आउने

दोहा, साउन ३१ । वरिष्ठ लोक गायिका हरिदेवी कोइराला यसपालीको तीजमा कतार आउने भएकी छन् ।

कास्की आदर्श सेवा समाज कतारले नेपाली नारीहरुको महान चाड हरितालीका तीजको अवसरमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा सहाभागी हुन कोइराला कतार आउने भएकी हुन ।

तीजका गितसंगीतमा बिकृति बढी रहेको बेला लामो समयसम्म नेपाली लोक गीतको क्षेत्रमा सक्रिय पोख्रेली साहित्यकार एवं प्राज्ञिक ब्यक्तित्व कोइरालाको उपस्तिथिमा कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष बिश्वबन्धु थापाले बताए ।

अध्यक्ष थापाले गायिका कोइरालाको सम्मान तथा प्रावासमा रहेर पनि नेपाली कला र सस्कृतिको संरक्षणको लागि आफुहरुले कार्यक्रम गर्न लागेको बताए ।

कर्णप्रीय स्वरकी धनी कोइरालाका ‘पाइन खबर, घर फर्की आउनुहोस मेरो हजुर’ लगाएतका दर्जनौ गित लोकप्रिय रहेका छन् ।

आगामी सेप्टेम्बर १४ तारिख कतारको दोहास्थित शालिमार दरबार रेस्टुरेन्ट बिन महमुदमा गर्न लागेको तिज बिशेष सा‌स्कृतिक कार्यक्रममा फेवा सा‌स्कृतिक परिवारसंगै विभिन्न स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!