रमेश र लक्ष्मी ‘मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८’ को उपाधि

एक्सप्लोर इन्टरटेन्मेण्टको आयोजनामा सम्पन्न भएको ‘मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८’ सिजन १ मा रमेश डाँगी र लक्ष्मी राउत बिजेता बनेका छन ।

आफूलाई अन्य प्रतिस्पर्धीभन्दा फरक, बौद्धिकरुपमा अब्बल साबित गर्दै रमेश डाँगी र लक्ष्मी राउत २०१८ को अन्तिम छनौटमा अन्य प्रतिस्पर्धीहरुलाइ पछि पार्दै उपाधि जित्न सफल भएका थिए । त्यसैगरी मिस्टरतर्फ फर्स्ट रनरअप प्रदिप रार्इ र सेकेण्ड रनरअप अशेष डंगोल भएका छन् भने मिसतर्फ फर्स्ट रनरअप स्वेता यादव् र सेकेन्ड रनरअपमा कृति महर्जनले उपाधि जित्न सफल भएका थिए ।

प्रतिस्पर्धी युवायुवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मविश्वासलार्इ अझ मजबुत बनार्इ उनीहरुको आत्म बललाई उजागर गराउने कार्य गरेको आयोजक सन्दिप श्रेष्ठले बताए ।

मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८ को अन्तिम प्रतिस्पर्धामा संचारकर्मी तथा कलाकार सूर्य चन्द, निर्माता तथा नायिका रोशनी केसी, समाजसेवी कृष्ण देवकोटा, निर्देशक प्रतिमाया पुन तथा संचारकर्मी राजेन्द्र लुइँटेल निर्णायक मण्डलीमा रहेर विजेता घोषणा गरेका थिए ।

कोरियोग्राफर तथा नायक दिवस धितालले कोरियोग्राफ्री गरेको ‘मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८’ सौन्दर्य प्रतियोगिता एक्सप्लोर इन्टरटेन्मेण्टले आयोजना गरेको हो र कार्यक्रम निर्देशकमा प्रहिल कार्की रहेका छन् ।

कोरियोग्राफर दिवस धितालका अनुसार यस पुरुष सौन्दर्य प्रतियोगिताले नेपाली युवायुवतीहरुबीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी विश्वस्त भएका छन र भविष्यमा यस्ता कार्यक्रमले गर्दा युवाहरुलाई प्रोत्साहन मिल्ने आत्मा बिश्वासका साथ उनीहरुको भविष्य निर्माणमा सहयोग पुग्ने कुरा उनी बताउँछन । ‘मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८’ कार्यक्रमको संचालन भिजे तथा उद्घोषक प्रहिल कार्कीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!