अटलबिहारी वाजपेयीको अवस्था गम्भीर, शीर्षनेता अस्पतालमा

नयाँदिल्ली, साउन ३१ । भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको बताइएको छ । नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै वाजपेयीको स्वास्थ्य अवस्था चिन्ता जनक रहेको र त्यसमा कुनै सुधार नभएको बताएको छ ।

‘पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको अवस्था नाजुक छ र उनलाई अहिले भ्याण्टीलेटरमा राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ । बुधवार अबेर राति प्रधानमन्त्री नरेन्द्र मोदी नेता अटल बिहारी वाजपेयीलाई भेट अस्पताल पुगेका थिए । वाजपेयीको स्वास्थ्य अवस्था गम्भीर भएपछि भारतका शीर्ष नेताहरु एम्स पुगेका छन् । ९३ वर्षीय वाजपेयी गएको ९ सातादेखि अस्पतालमा उपचाररत छन् ।

वाजपेयीलाई गएको जूनमा मृगौलामा संक्रमण र स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

भारतीय जनता पार्टी (बीजेपी) का स्ंस्थापक नेतासमेत रहेका वाजेपेयी तीन पटक भारतको प्रधानमन्त्री भइसकेका छन ।

वाजपेयी भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ सम्मानित भइसेक छन् ।

वाजपेयी ९ पटक लोकसभाका सांसदमा निर्वाचन भएका थिए । उनी दोस्रो लोकसभादेखि तेह्रौं लोकसभासम्म सांसद रहे । उनी सन १९८४ मा ग्वालियरमा कांग्रेसमा माधवराव सिंधियासँग पराजित हुँदा लोकसभामा अनुपस्थित रहे । भने दुई पटक राज्यसभामा पनि सांसद रहे ।

१६ मे १९९६ मा वाजपेयी पहिलो पटक प्रधानमन्त्री बनेका थिए । तर लोकसभामा अल्पमतमा परेपछि १४ दिनमा राजीनामा दिएका थिए । अन्तिम पटक वाजपेयी सन ११९९ देखि २००४ सम्म पूरा कार्यकाल भारतको प्रधानमन्त्री बने ।

अविवाहित वाजपेयी भाषण र सादगी जीवनका लागि प्रख्यात छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!