गायिका मन्जु श्रेष्ठको ‘तीजकै बेला’ तीज गीत युट्युबमा सार्वजनिक (भिडियोसहित)

नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन । धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा आधारित ‘तीजकै बेला’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

गायक राजन कार्की र गायिका मन्जु श्रेष्ठ र कुमारी विकको आवाजमा रहेको नेपाली नारीहरुप्रति समर्पित गीतको भिडियो बजारमा आएको हो ।

निकै रमाइलो तरिकाबाट जिवनका नयाँ आयामहरुलाई गीतको भावले राजन कार्किले लेखेका हुन् भने लय सिर्जना पनि उनैको रहेको छ । तिलक रिजालको छायाँकन तथा सम्पादन र पदम रिजालको निर्देशन गीतमा रहेको छ ।

रमाइलो मौलिक गीतमा मन्जु र रोमितको अभिनय रहेको छ । गीतलाई कुशल रुपमा निर्देशन पदम तामाङले गरेका छन । हेर्नुहोस भिडियो–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!