सीपीएलः सन्दिपको टिमको खराब प्रदर्शन, सातौं विकेट पतन ! [अपडेट]

काठमाडौं, साउन ३१ । वेस्टइन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आज नेपाली युवा खेलाडी सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स र जमैका तलवासबीच खेल भइरहेको छ ।

सन्दिपको टिमले पहिलो बलिङ गरेर अहिले ब्याटिङ गरिरहेको छ । उनको टिम प्याट्रियोट्सले खराब प्रदर्शन गरिरहेको छ । १० ओभरको खेल नसकिदै उसले महत्वपूर्ण सात विकेट गुमाएको छ । सातौं विकेटको रुपमा महुमम्द अल्लाह आउट भएका छन् । उनी २२ रन बनाएर पवेलियन फर्किएका हुन् ।

सन्दिपको टिमले १७९ रनको विजयी लक्ष्य पाएको छ । टस जितेर पहिलो फिल्डीङ रोजेको सन्दिपको टोलीले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतीमा १७९ रनको विजयी लक्ष्य पाएको हो ।

खेलको लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नस्

कप्तान क्रीश गेलले आज पनि लामो पारी खेल्न सकेनन् । उनले ३ चौका र एक छक्का प्रहार गर्दै मात्र २४ रन बनाएर आउट भए । उनलाई थोमसले क्याच आउट गराएका हुन् । चौथो विकेटका रुपमा एन्टोन डेभिस आउट भएका छन् । उनी ११ रन बनाउँदै आउट भए । उनलाई आन्द्रे रसलले क्टाच आउट गराएका हुन् ।

यस्तै, इभन लुएस शून्य रनमा नै पवेलियन फर्किदा टोम कोपर ७ रन बनाएर आउट भए । पाँचौ विकेटका रुपमा विकेट किपर थोमस आउट भएका छन् । उनी १० रन बनाउँदै आउट भएका हुन् । छैठौं विकेटको रुपमा बेन कटिङ आउट भएका छन् ।  प्याट्रियोट्सको यो तेस्रो खेल हो । उसले यसअघि एक खेल हारेको छ भने एक खेल जितेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!