सीपीएलः सन्दिपको ओभर सकियो, प्रदर्शन शानदार ![LIVE]

काठमाडौं, साउन ३१ । वेस्टइन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आज पनि नेपाली युवा खेलाडी सन्दिप लामिछानेले शानदार प्रदर्शन गरेका छन् । उनले एकै ओभरमा महत्वपूर्ण २ विकेट लिएका छन् ।

उनले दोस्रो ओभरमा नै २ विकेट लिएका हुन् । सन्दिपले आफ्नो पहिलो ओभरमा १० रन खर्च गरेका गरेका थिए । तेस्रो ओभरमा मात्र एक रन दिए । भने, अन्तिम ओभरमा ३ रन दिए ।

खेलको लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नस्
सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स र जमैका तलवासबीच खेल भइरहेको छ । सन्दिपको टिमले टस जितेर पहिलो फिल्डीङ रोजेको छ । प्याट्रियोट्सको यो तेस्रो खेल हो । उसले यसअघि एक खेल हारेको छ भने एक खेल जितेको छ । प्याट्रियोट्स क्रीश गेलको कप्तानीमा मैदान उत्रिएको छ । भने, जमैका आन्द्रे रसलको ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!