सुशील ज्ञवाली फेरि पुनर्निर्माण प्राधिकरणको सिइयो नियुक्त

काठमाडौं, साउन ३० । सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुशील ज्ञवाली नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सीइओमा नियुक्त गरेको हो । यसअघि पनि ओली सरकारले ज्ञवाली सीइओ बनाएको थियो तर पछि प्रचण्ड नेतृत्वको सरकारले उनलाई हटाएर गोविन्दराज पोखरेलाई सीइयो बनाएको थियो ।

पछि पोखरेल राजीनामा दिएर प्रतिनिधि सभाको चुनाव लड्न गएपछि तत्कालिन देउवा सरकारले पूर्वसचिव युवराज भूषाललाई सीइओ नियुक्त गरेको थियो ।

ओली नेतृत्वको सरकारले देउवा सरकारले गरेका नियुक्तिहरु बदर गरेपछि सो पद खाली भएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!