विराट कोहलीले दीपिकासँग विज्ञापन खेल्न अस्वीकार गरेपछि

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले बलिउड अभिनेत्री दीपिका पादुकोणसँग एउटा विज्ञापन खेल्न अस्वीकार गरेका छन् । विराट र दीपिकालाई लिएर धेरैले विज्ञापन गर्न चाहान्छन् ।

दुबै स्टारको ब्राण्ड भेल्यु अधिक छ र उनीहरु कति कम्पनीको ब्राण्ड अम्बेसडर छन् । तर कोहलीले दीपिकासँग विज्ञापन खेल्न नमानेपछि आरसीबीलाई ११ करोड बराबरको झटका लागेको छ । त्यसो भए कोहलीले किन यस्तो निर्णय गरे छ ?

भारतीय क्रिकेट टालीका कप्तान विराट कोहली आइपीएलमा रोयल च्यालेजरस् बैंगलोर (आरसीबी) का कप्तान थिए । आगामी वर्ष पनि खेल्ने छन् । तर योबीच कोहलीको फैसलाले आरसीबीलाई ११ करोड नोक्सान भएको छ ।

आरसीबीसँग एक कमपनीले एउटा सम्झौता गरेको छ । जसमा विज्ञापन शुटिङका लागि विराट कोहलीले अभिनेत्री दीपिकासँग अभिनय गर्नु पर्ने थियो । आरसीबीले गो इबीबो कमपनीसँग गरेको सम्झौता अनुसार विराट कोहली र दीपिका विज्ञापन गर्नुपर्ने थियो ।

कोहलीका अनुसार विज्ञापनले आरसीबीलाई कुनै फाइदा हुँदैन । र कम्पनीलाई मात्रै फाइदा हुन्छ । दीपिका गो इबीबोको ब्राण्ड एम्बेसडर हुन । तर विराटकी श्रीमति अनुष्का शर्माको दवावका कारण विराटले दीपिकासँग स्क्रीन शेयर गर्न इन्कार गरेको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!