गायिका देवी घर्तीमगरको ‘ट्याक्सी डाईभर’ तीज गीत युट्युबमा सार्वजनिक (भिडियोसहित)

प्रेम संगीत म्युजिक प्रालिको प्रस्तुतिमा गायक दिपक थापा मगर र दिपेन्द्र पाण्डेको संयुक्त प्रस्तुतिमा ‘ट्याक्सी डाईभर’ को भिडियो हालैमात्र युट्युबमा सार्वजनिक भएको छ ।

लोकगीत–संगीतमा आफनो लय, शब्द तथा गायकी क्षमतालाई श्रोता दर्शकमाझ निरन्तर पस्किदै आएका गायक दिपक थापामगरले नयाँ तीजगीत बजारमा लिएर आएका छन् । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीत आइरहेका छन । धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा गीत ल्याएको उनले बताए । गीतमा दिपक थापामगर र गायिका देवी घर्तीमगरको आवाज सुन्न पाउने भएको छ ।

लिलाधर पोखरेलको शब्द तथा रमेश भुजेल तथा दिपेन्द्र पाण्डेको लय सिर्जना रहेको छ । गीत निकै सन्देशमुलक रहेको छ ।

बजारमा आइरहेका अन्य गीतहरुभन्दा भिन्न गीत रहेको गायक दिपकले बताए ।

सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ । भिडियोमा निशा लामा, आशुष्मा कार्की र दिपेन्द्र पाण्डेको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!