जाजरकोटमा वाढीले बगाउँदा एक जनाको मृत्यु करोडौंको क्षति

जाजरकोट, साउन ३० । जाजारकोटमा बाढी बगाएर एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका वडा नं ७ दानीपिपल खोलाले वगाएर वुधबार विहान ३९ वर्षीय उमेशवहादुर शाहीको मृत्यू भएको नलगाड नगरपालिकाको नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिए ।

शाहीलाई वाढीले बगाएर करीब ५० मिटर तल पुर्याएपछि स्थानीयहरुले उद्धार गरेका तर उनको मृत्यु खोलामै भइसकेको रावलले बताए ।

मंगलबार राति भएको भारी वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति भएको छ । नगरपालिकाका वडा नं २, ३ र ४ मा वाढीका करण करोडौँको क्षति भएको छ । झुप्रा खोलामा आएको बाढीले चारवटा घर, दुईवटा पुलसहित सयौं रापेनी खेत बगाएको छ ।

बाढीले १५ वटा पसल, ४ मिल, ५५ घट्ट, २ वटा ट्रस ब्रिज पुल पनि बगाएको नलगाड नगरपालिकाका प्रमुख टेकवहादुर रावलले जानकारी दिए । बाढीले नलगाड नगरपालिका ३, घुवाराका गोकर्ण चन्द, धनबहादुर रावल, वडा नं ५ का खीमलाल जैसी र वडा नं २ का कौशीवहादुर विष्टको घर जग्गा बगाएको छ ।

वडा नं ३ का वडा अध्यक्ष प्रचण्ड ओलीको मिल, जग्गा वाढीले वगाएको छ । त्यस्तै बाढीले नलगाड ३ र ४ जोड्ने घुवारामा रहेको ट्रस ब्रिज पुल, वडा नं २ र ५ जोड्ने कालीमाटीस्थित ट्रस ब्रिज पनि बगाएको नगरप्रमुख रावलले बताए ।

खोलाले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्ली लगायत स्थान तर्फको आवतजावत पूर्णरुपमा बन्द भएको स्थानीय राववले बताए । बाढीले अन्य जग्गा जमिन लगायत क्षति गर्ने क्रम बढेको र उक्त बाढीका कारण छेप्का र कालीमाठीबजार जोखिममा परेको उनको भनाइ छ ।

बाढीका कारण यस क्षेत्रका ७० बढी घरपरिवार विस्थापित भएको रावलले बताए । वडा ८ वगारामा वाढीका कारण ५ घर ढुवानमा परेका छन् । त्यस्तै पंञ्च भयार माविको भवण पहिरोले पुरेको छ । त्यहाँ रहेका सोलार , कार्यालयका कागजात समेत नष्ट भएका छन् ।

तस्वीर भेरी खबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!