रोनाल्डो अस्पतालबाट घर फर्किए

काठमाडौं, साउन ३० । ब्राजिलियका एकताका स्टार फुटबलर रोनाल्डो अस्पतालबाट घर फर्किएका छन् । स्पेनमा विदा मनाउन गएका बेला नियमोनिया भएपछि शुक्रबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनलाई स्वास्थ्यमा सुधार आएपछि क्यान मिसेस अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज भएपछि रोनाल्डोले उपचारमा सहयोग गर्ने सबैप्रति धन्यवाद दिएका छन् । सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल जित्दा महत्वपूर्ण सदस्य रहेका रोनाल्डोले ब्राजिलका लागि ६२ गोल गरेका छन् । सन् १९९४ देखि २००६ सम्म ४ वटा विश्वकप खेलेका रोनाल्डो फिफा विश्वकपमा १० गोल भन्दा बढि गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् ।

उनले १५ गोल गरेका छन् भने जर्मनीका मिरोस्लाभ क्लोजले १६ गोल गरका छन् । रोनाल्डो रियल मड्रिड, बार्सिलोना, इन्टर मिलान र एसी मिलानमा पनि खेलेका थिए । यसैगरी उनले बेलोन डी ओर अवार्ड सन १९९७ र २००२ मा जितेका थिए । -एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!