पाँच सय चिकित्सकको नियुक्ति रोकियो

काठमाडौं, साउन ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा भर्ना गरेका पाँच सय चिकित्सिकको नियुक्ति रोकेको छ । देशभरका स्वास्थ्य संस्थामा रिक्त दरबन्दीमा पदपूर्ति गर्ने मनसायले मन्त्रालयले विभिन्न पदमा करारमा चिकित्सक भर्ना गरेको थियो । तर, बजेट अभावमा उनीहरूको नियुक्ति रोकिएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

देशभर पाँच सयभन्दा बढी चिकित्सकको तत्काल आवश्यकता परेपछि स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी करारमा भर्ना गरेको थियो । नतिजा सार्वजनिक भएपछि पैसा नभएको भन्दै नियुक्ति रोकिएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले बताए । ‘स्वास्थ्य सेवा ऐनमा आधारित भएर मन्त्रालयले चिकित्सक नियुक्ति गरेको थियो, उनीहरूको नियुक्ति रोकिँदा गम्भीर समस्या निम्त्याएको छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्