अब अनुमतिबिना घरमा छिरे ३ वर्ष जेल

काठमाडौं, साउन ३० । अनुमति नलिई अरूको घरमा छिर्नेलाई तीन वर्षसम्म कैद वा ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । यो कानून भदौं १ गतेदेदि लागू हुँदै छ ।

अधिकारप्राप्त अधिकारी र उसको अनुमति पाएको व्यक्तिबाहेक अरू मान्छे घरधनीको स्वीकृति नलिई कसैको घरभित्र प्रवेश गर्न वा खानतलासी गर्न पाउनेछैनन् । घर भन्नाले कोठा, होटल, शिविर र पाललाई समेत जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!