मलेशियाका कम्पनीको नेपाली ब्यवसायी माथी आक्रोश: “नयाँ कामदार नल्याए मलेशिया बस्न नदिने”

मलेशिया,साउन २९ । मलेशियाका विभिन्न कम्पनीले नेपाली ब्यवसायी माथी आक्रोश पोख्न थालेका छन।

नेपाल सरकारले गत जेष्ठ २ गतेदेखि मलेशियामा नेपाली कामदार पठाउन बन्द गरेपछि मलेशियाका विभिन्न कम्पनीमा कामदार अभाव भए सङ्गै उनिहरुले नेपाली मेनपावर व्यावसायि संग आक्रोश देखाउदै तत्काल नयाँ कामदार नल्याए पुराना कामदारको तलब रोक्का गर्नुको साथै मलेशियामा बस्न गार्‍हो पार्न सम्मको धम्की दिएको नेपाल मलेशिया वैदेशिक रोजगार समन्वय संघका अध्यक्ष कमल गौतमले जानकारी दिएका छन।

“नेपाल सरकारले नै दुई देश बिच श्रम सम्झौता नहुदा सम्म कामदार नपठाउने भनी नेपाल बाटै कामदार लाई रोक्का गरेको छ ।हामीले तत्काल ल्याउन सक्दैनौं भन्दा हामीलाई मलेशिया बस्न नदिने सम्मको धम्की आउन थाल्यो विशेषगरी मलेशियामा सुरक्षागार्ड सम्बन्धित कम्पनी हरुमा कामदार अभाव हुदा हामी माथी आक्रोस पोख्न थालेका छन ।हामीले असुरक्षा महसुस गर्न थाल्यै सरकारले तत्काल समस्याको समाधान नगर्न हो भने काम गर्न गार्‍हो छ “संघका अध्यक्ष गौतमको भनाइ छ।

 

सरकारको निर्णय बारे लिखित पत्र माग गर्दै दूतावासलाई संघको पत्र

यस्तै संघले मंग्लवार मलेशिया स्थित नेपाली दूतावासमा पुगेर नेपाल र मलेशिया बिच हुन लागेको श्रम सम्झौतामा समाबेश गर्नुपर्ने बिसय सहित अहिले देखिएका समस्या तत्काल समाधान गर्न समेत माग गरेको छ।

संघका अध्यक्ष कमल गौतम सहित ,मेनपावर व्यावसायि बिमली लोचन ,सेर गुरुङ ,केबि सुब्बा ,बिनोद थापा ,सुरेन्द्र खनाल ,नेपाल बाट गएका संघका पुर्ब महासचिव कुमोद खनाल सहित १२ सदस्यीय टोलिले दूतावासका कार्यवाहक राजदूत कुमार खरेल सहितका प्रतिनिधि लाई भेटेर मलेशियामा देखिएका कामदारका समस्या बारे ध्यानाकर्षण गराउदै लामो समय सम्म कामदार रोक्का गर्दा मलेशियामा कार्यरत पुराना कामदारलाई समेत समस्या परेको भन्दै दूतावास मार्फत सरकारको ध्यानाकर्षण गराएको गौतमले जानकारी दिएका छन।

सरकारले गर्न लागेका काम राम्रो भएको भय पनि कामदार पठाउन रोक्का गर्नु अघि आधिकारिक पत्र नदिएको हुदा आफुहरुलाई कम्पनी सङ फेस गर्न समेत मुस्किल भएको भन्दै तत्काल सरकारको निर्णय बारे आधिकारिक पत्र उपलब्ध गराउन समेत दूतावास समक्ष माग गरेका छन।
यस्तै संघका माग बारे ध्यानाकर्षण गर्दै दूतावासका कार्यवाहक राजदूत कुमार खरेलले यसबारे सम्बन्धित निकाय संग तत्काल छलफल गरि आबस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!