घरेलु कामदारको मर्म बोकेको पहिलो गित ‘श्रम खोल सरकार’ को म्युजिक भिडियो बजारमा

युएई, साउन २९ । रोजगारीका लागि खाडी मुलुकलाई आफ्नो गन्तव्य बनाउदै घरेलु कामदारका रूपमा श्रम गर्न आएका हजारौ‌ कामदारहरु बिदामा नेपाल गएर कानुनी रुपमा पुन खाडी आउने बाटो बन्द नगर्न सरकारलाई ध्यानाकर्षण गराउने उद्देश्यले तयार गरिएको उक्त गितमा राजा बगर र गोपाल भट्टराईको विशेष प्रस्तुती रहेको छ।

राजा बगरको शब्द तथा दिपा गैरेको लय संगीत रहेको गितमा देवि घर्ती, होमनाथ कुँवर, गोपाल भट्टराई र सुस्मिता घर्तिको स्वर रहेको छ।

यस्तै भिडियोमा बिष्णु भुसाल, सानी पराजुली, सुनिता पराजुली, निरु शर्मा, अस्मिता खरेल, जीवन पाण्डे, रोजन पाण्डे, तुल्सी काफ्ले, पाल्पाली कान्छा, प्रकाश बश्याल भिम मल्ललगायतले अभिनय गरेका छन् । भने त्यसै गीतमा बाल कलाकारमा रचना भट्टराईसहित अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् ।

प्रकाश ढकाल र नरेन सापकोटाले निर्देशन गरेको भिडियोको छायांकन भने गगन बिकले गरेका हुन । त्यस्तै भिडियोको सम्पादन भने प्रबिन भट्टले गरेका हुन ।

मञ्जु कंडेल भट्टराईको बिशेष सहयोगमा बनेको उक्त गीतले खाडी मुलुकमा रोजगारिका लागि आएका घरेलु कामदारहरु छुट्टि मा घर जान र आउन नपाउने श्रमको रोकतोक तथा कानुनी झन्झट बारे उचागर गरिएको छ । घरेलु कामदारका समस्याको दीर्घकालीन समाधान खोजी निर्घक्क काम गर्न सक्ने वातावरण मिलाउन सरकारलाई गीतमार्फत ध्यानाकर्षण गराएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!