सवारी दुर्घटनामा कुबेतमा एक नेपालीको मृत्‍यु

कुबेत, साउन २९ । रोजगारीका लागी कुबेत पुगेका एक नेपालीको सवारी दुर्घटनामा परि मृत्यु भएको छ।

करिब १२ बर्ष देखी कुवेतमा कार्यरत दिक्तेल रुपाकोट माझुवागडी नगरपालिका-२ सोल्मा, खोटाङका निर बहादुर राइको सबारी दुर्घटनामा मृत्‍यु भएको हो । गत बिहीवार, राति कुवेतको जिलिब भन्ने स्थानमा बाटो काट्ने क्रममा निर बहादुरलाई सबारी साधनले ठक्कर दिएको थियो भने उनलाई तत्काल अस्पातल पुर्याउदा डाक्टरले मृत घोषित गरेका थिए।

किरात राइ योयोख्खा कुवेतका अध्यक्ष मन्जित राइका अनुसार, ‘मृतक ४४ बर्षिय निरकुमार राइ खोटाङ कुवेत संपर्क मन्चका बरिस्ट सदस्य पनि हुन। मृतक निर बहादुर लामो समयदेखी कुवेतको तान्जिप्को कम्पनीमा कार्यरत थिए। उनको घरमा श्रीमती र एक छोरी रहेका छन।

घटना बारे कुबेतस्थित नेपाली दुताबास लाई जानकारी गराइसकिएको छ भने मृतकको शब पठाउने तथा सबारी दुर्घट्ना बिमाको लागि कम्पनीको सहयोगमा कानुनी प्रकृया अगाडि बढाइएको दूतावास स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!