संघीयतामाथि चौतर्फी आक्रमण : मन्त्री मगर

ललितपुर, साउन २९ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले भर्खरै कार्यान्वयनमा आएको संघीयतालाई चौतर्फी रुपमा बदनाम गर्न प्रयास भइरहेको आरोप लगाएकी छिन ।

राजधानीमा मंगलबार दैनिकीन्युज डटकमको प्रथम वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले तीन तहको सरकार निर्माण गरेर अभ्यासमा रहेको सङ्घीयतालाई अनावश्यक विवादमा ल्याउन खोजिएको उनले आरोप लगाइन

‘सङ्घीयताले आधारभुत जनताको अधिकार रक्षा् गरेको छ, सिमित वर्गको पहुँचमा रहेको राज्यसत्तालार्इ गाउ, गाउँ पुर्याएको छ,’ मन्त्री मगरले भनिन, ‘तर पछिल्ला दिन यसबारेमा हुँदै नभएको बिषय ल्याएर विवाद गर्न खोजिदैछ यसतर्फ सतर्क रहन पर्छ ।’

नेपालको इतिहासमा पत्रकारले विभिन्न समयमा निकुंशताविरुद्ध महत्वपूर्ण भूमिका निर्बाह गरेकाले सङ्घीयता बारेको अनावश्यक भ्रम चिर्न पनि सञ्चारमाध्यम लाग्नु पर्ने बताइन ।

कर प्रणालीबारे पछिल्ला दिन भएको हल्लामा कुनै सत्यता नभएको बताउदै उनले संविधान व्यवस्था भएअनुसार काम भइरहेको दाबी गरिन । उनले भनिन, ‘संविधान भन्दा बाहिर गएर कुनै सरकारले पनि कर उठाउन सक्तैन, विधि, प्रक्रिया र कानुन सम्मत नै भएको छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!