हिल्सामा हेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु

काठमाडौं, साउन २९ । हुम्ला जिल्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने भारतीय नागरिक नगेन्द्रकुमार कार्तिक भएको बताइएको छ ।

मंगलबार दिउँसो सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा पछाडिपट्टीको पंखाले लागेर मृत्यु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए । हेलिकोप्टर सिमकोटबाट हिल्सा गएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!