बमसहित विप्लवका २ कार्यक्रता पक्राउ

काठमाडौं, साउन २९ । काठमाडौंको जमलबाट बमसहित दुई जना पक्राउ परेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका क्रममा झोलामा बम बोकेर हिँडेका उनीहरू आज विहान पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सो पार्टीका कार्यकर्ता उषाकिरण र तारा सञ्ज्याल छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखेरलका अनुसार बन्दमा अप्रिय घटना नहोस् भनेर काठमाडौंमा २ हजार बढी प्रहरी परिचालन गरिएको छ। काठमाडौंका नैकाप र सुन्दरीजलमा भेटिएका बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ भने अरू कुने अप्रिय घटना भएको छैन। चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेतालाई पक्राउ गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!