स्पेनका मिडफिल्डर सिल्भाद्वारा सन्यास

काठमाडौं, साउन २९ । अन्तर्राष्ट्रिय फुटबलबाट स्पेनका मिडफिल्डर डेभिड सिल्भाले सन्यास लिएका छन्। इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आएका मिडफिल्डर सिल्भाले एक प्रेस विज्ञप्ति निकाल्दै सन्यासको घोषणा गरेका हुन् ।

सन्यास घोषणा गर्दै उनले राष्ट्रिय टोलीबाट पाएको सफलतामा गर्व रहेको बताए। आफूले करियरकै कठिन निर्णय लिएको भन्दै उनले यो निर्णय गर्न आफूलाई एक हप्ता समय लागेको बताए। सन् २०१० मा स्पेनले विश्वकप जित्दा सिल्भा मुख्य खेलाडी थिए।

यस्तै २००८ र २०१२ को युरोकप जित्दा पनि सिल्भा महत्वपूर्ण खेलाडी थिए । सन् २००६ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३२ वर्षीय सिल्भाले स्पेनबाट १२५ खेल खेल्दै ३५ गोल गरेका छन्। -एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!