मलेशियाको जेलमा ४ सय नेपाली ,उद्दार कार्यमा ढिलाइ हुँदा शारिरिक र मानसिक यातना सहन बाध्य

मलेशिया ,साउन २८ ।वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएको मलेशियाको श्रम बजार निक्कै जोखिमपुर्ण बनेको छ।

मलेशिया स्थित नेपाली दूतावासको तथ्यांक अनुसार गत आर्थिक बर्षमा मात्रै मलेशियाका विभिन्न कारागारमा ४ सय जना नेपाली कामदारले बन्दी जिबन बिताउनु परेको उल्लेख छ।

जसमध्ये अधिकाम्स नेपालीहरुमाथि अध्यागमन मुद्दा ,चोरी ,अबैध धन्दा लागुऔसधि सेबन तथा ओसारपसार झैझगडा जस्ता मुद्दाका कारण सजाय भोग्नुपरेको परेको श्रोत ले जनाएको छ। गत बर्ष को तथ्यांक अनुसार ३१ जना नेपाली कामदार कानुनी कार्बाहिमा परेका थिए भने कतिपय को मुद्दा छिनोफानो भइ स्वदेश फर्किसकेका छन।
मुद्दा टुंगिन बाकी रहेका लाई उद्वार गरेर स्वदेश फिर्ता गर्ने तयारी रहेको दूतावासका दूतावासका दृतिय सचिब प्रेम गौतमले जानकारी दिएका छन।

विदेशको जेलमा रहेका नेपालीहरुलाई कानुनी रुपमा प्रतिरक्षा गर्न भन्दै श्रम रोजगार तथा सामाजिक मन्त्रालयले कार्यदल बनाइ वैदेशिक रोजगारी लाई थप ब्यबस्थित र मर्यादित बनाउने उदेश्यले गत जेष्ठ मा विभिन्न देश मा रहेका नेपाली नागरिकको कानुनी प्रतिरक्षा गर्ने निर्णय सरकारले गरेको थियो।

कतिपय देशहरुमा नेपाली नागरिकले कानुनि उपचार पाउन नसक्दा थुप्रै निर्दोष नेपाली नागरीकले समेत जेल जिबन बिताइरहन परेको छ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले विभिन्न देशमा रहेका दूतावासलाई वकिल नियुक्त गर्ने आदेश दिए संगै नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले पनि गत जेष्ठ ११ मा भारतीय मुलका खरेन जित लाई नेपाली दूतावास को वकिलको लागि एक बर्षे करार सेवामा नियुक्त गरेको थियो।

साधारण प्रकृतिका मुद्दाहरु मा निसुल्क सेवा प्रदान गरिने भएता पनि गम्भीर प्रकिती का मुद्दा अदालतको आदेश अनुसार सजाय मृत्यु दण्ड धरौटी जस्ता गम्भीर मुद्दाहरु सेवाग्राही र वकिलको सहमतीमा शुल्क निर्धारण हुने र सेवाग्राही आफैले बेहोर्नु पर्ने छ।र सुचना दूतावास लाई अबगत गराउनुपर्ने प्राबधा सहित वकिल नियुक्त गरिएको दूतावास श्रोतले जनाएको छ।

यद्यपि खर्च बेहोर्न नसक्ने बिपन्न परिवारका हकमा भने दूतावास ले प्राथमिकताको आधारमा उपलब्ध बजेट को परिधिभित्र रहेर रकम उपलब्ध गराउने दूतावासले जनाएको छ।

फाइल फोटो

अगिल्लो बर्ष को तुलनामा यो बर्ष प्रहरीको कार्बाहिमा पर्ने नेपालिको सङ्ख्या ह्वात्तै बडेको स्रोतले बताएको हो। चालू आर्थिक बर्षको अगस्ट ९ सम्मकै छोटो अबधिमा लागू औसधि प्रयोगकर्ता मात्रै २२ जना उपर कानुनी कारबाही चलिरहेको छ।

विभिन्न मुद्दामा बन्दी जीवन बिताइरहेका मध्य अदालतले मुद्दा सदर गरेको र स्वदेश फिर्तिको लागि विभिन्न १२ वटा घरफिर्ती केन्द्रमा करिब १६९ नेपाली कामदारहरु टिकटको पर्खाइमा छन ।जसमध्य सेपाङमा १५ जना,बुकिट जलिलमा ३४ जना,सिमोनियामा १६ जना लिमुकमा २८ जना,मलाकामा २२ जना इपो पेराकमा २ जना,जोहोरबारुमा २७ जना,पुलाउ पेनाङमा २२ जमा र केडाहमा ३ जना रहेका छन।

घरफिर्ती केन्द्र मा रहेका नेपालि कामदार लाई दूतावास ले एकतर्फी यात्रा अनुमतीपत्र निसुल्क दिने ब्यबस्था गरेको छ ।घर फिर्ती केन्द्र मा रहेका मानिस का आफन्त हरु बाट केन्द्र मा रहेका उनीहरुको स्वदेश फिर्ताको लागि पठाइएको रकम समेत ठगी हुने गरेको गुनासो दूतावास मा आएकाले सिधै दूतावास मा परामर्श लिन सक्ने दूतावास जनाएको छ।

मलेसियाका विभिन्न स्थानमा रहेर काम गर्दै आएका नेपाली कामदारहरुलाई अवैधानिक रुपमा काम नगर्न नेपाली राजदुतावास मलेसिया क्वालालम्पुरले अनुरोध गरेको छ । अवैधानिक भएर काम गर्नु आफू असुरक्षित हुने मात्र नभई अध्यागमन कानुनको समेत उल्लंघन हुने हुँदा विभिन्न समयमा दूतावास आफैले बिज्ञप्ति मार्फत समेत गराउने गरेको छ।

यस्तै दूतावासले भौगोलिक रूपमा टाढा रहेका मलेशियाका विभिन्न सहरमा दूतावासका प्रतिनिधि हरुको उपस्थितिमा समय समयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै श्रमिकका गुनासो लिने र परामर्श दिने जस्ता कार्य समेत गर्दै आएको जनाए पनि बन्दी जीवन बिताउन बाध्य नेपाली कामदार र घरफिर्ती केन्द्रमा अलपत्र परेका नेपालीहरुको उद्दारमा भने दूतावासले सक्रियता नदेखाउदा आफुहरु सारीरिक र मानसिक यातना सहन बाध्य भएको बन्दी हरुको आरोप छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!