शिक्षा मन्त्रीको अर्को एक्सनः ९५ वटा सामुदायिक विद्यालयहरुलाई ३ वर्षे प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन अनुमति

काठमाडौं, साउन २८ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्राविधिक शिक्षाको विकास, विस्तार र विपन्न वर्गको पहुँच पु¥याउने उद्देश्यले न्युनतम पुर्वाधार व्यवस्थापन गरेका सरकारी सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा कार्यक्रम (डिप्लोमा ३ वर्र्षे) सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको छ ।

सोमबार विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको सिटिइभिटीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल सरकारको प्राविधिक शिक्षा विस्तार गर्ने नीति अनुरुप सामुदायिक बिद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमहरुलाई अझ व्यापक रुपमा संचालन गर्नका लागि परिषद् कार्यालयले तोकेको न्यूनतम् मापदण्ड पूरा गरेका ९५ वटा सरकारी सामुदायिक विद्यालयहरुलाई शैक्षिक सत्र २०७५/०७६ देखि वार्षिक भर्ना क्षमता (कोटा) हुने गरी सरकारको नीति कार्यक्रम बमोजिम प्राविधिक शिक्षा सञ्चालनका लागि अनुमति दिने निर्णय ।

आठवटा आंगिक वहुप्राविधिक शिक्षालयहरुमा न्युनतम पुर्वाधारका साथैं व्यवस्थापन र सञ्चालनको सुनिश्चितता भएमा यसैं शैंक्षिक सत्रदेखि कार्यक्रम सञ्चालन गर्ने गरी अनुमति दिने निर्णय गरेको छ । साथै बैठकले कुनैंपनि निजी संस्थालाई हालसम्म् सम्बन्धन स्विकृति नगरेको स्पष्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!