मोफसल प्रचारपछि काठमाडौं फर्किए ‘जय शम्भु’ टिम

काठमाडौं । नेपाली चलचित्र ‘जय शम्भु’ टिम यतिबेला फिल्मको प्रचारप्रसारको काम सकेर बल्ल काठमाडौं फर्किएका छन् ।

यस चलचित्र युनिटले पोखरा, बुटवल र चितवनमा गई त्यहाँका दर्जनभन्दा बढी होटल तथा लजहरुमा चलचित्रको बारेमा जानकारी गराए ।

यस्तै पत्रकार भेटघाट गरी फिल्मको वारेमा थप जानकारी दिई फिल्मका टिम यतिबेला काठमाडौं फर्किएका छन् । एक्शन, लभस्टोरी भनिएको फिल्मका वारेमा जानकारी गराउन कलाकारहरुमा प्रशान्त ताम्राकार, अनुपविक्रम शाही, वर्षा शिवाकोटी लगायत उपस्थित भएका थिए । रिलिज मिति नजिकिँदै गर्दा फिल्म युनिटले प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।

देशव्यापी प्रचारप्रसारमा देखिएका फिल्मका टिमले प्रचारको लागि नयाँ शैली अपनाएका हुन् ।

‘जय शम्भु’ भदौ १ गतेबाट रिलिजसँगै एक्शन लभस्टोरी मन पराउने दर्शकको आशा पुरा हुने बताईएको छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको ‘जय शम्भु’ मा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यस्तै सह–निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

फिल्ममा प्रशान्त, अनुप र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु राना आदिको मूख्य भूमिका रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!