प्रचण्ड– राजनीतिमा निर्णायक, निर्वाचन क्षेत्रमा सक्रिय

एभरेष्ट टीम,
काठमाडौं । माडीदेखि मेघौली र भरतपुरका बस्तीमा चुनाव प्रचारमा जाँदा सडक र गल्लीहरुमा प्रचण्डको स्वागतका लागि लर्को लाग्ने गथ्र्यो । चुनाव भनेको तामछाम र रङ्गीबिरङ्गी पर्चा पम्पलेट पाउने पर्व जस्तो मान्ने दुधे बालकदेखि वाचा र प्रतिबद्धतामात्रै सुन्दै आएर थकित बृद्धबृद्धासम्म उनको स्वागतमा हुन्थे ।

सबैतिर प्रायः एउटा प्रश्न गरिन्थ्यो– तपाईं पनि त चुनावसम्म त होला नि, त्यसपछि त यो बाटो के सम्झिनु होला र ? यस्तो प्रश्न आउँदा प्रचण्डले के सोच्थे होलान, त्यो उनले सोझै व्यक्त गरेनन् । तर उनको मनमा लाग्थ्यो होला, भनेर हैन गरेर देखाउनेछु, म अरु जस्तै हैन भनेर ।

निर्वाचन जितेपछि राष्ट्रिय राजनीतिको चर्को व्यस्ततालाई छलेर पनि प्रचण्डले यो कुरा साबित नै गरे । सम्भवतः व्यवस्थापिका संसदमा अहिले रहेका सम्पूर्ण सांसदहरुमध्ये निरन्तर निर्वाचन क्षेत्र फर्किने र निर्वाचन क्षेत्रको समग्र विकासका लागि पहल गर्ने सांसदहरुमध्ये प्रचण्ड पहिलो हुन्छन् होला ।

र, निर्वाचन जितेपछि राष्ट्रिय राजनीतिको चर्को व्यस्ततालाई छलेर पनि प्रचण्डले यो कुरा साबित नै गरे । सम्भवतः व्यवस्थापिका संसदमा अहिले रहेका सम्पूर्ण सांसदहरुमध्ये निरन्तर निर्वाचन क्षेत्र फर्किने र निर्वाचन क्षेत्रको समग्र विकासका लागि पहल गर्ने सांसदहरुमध्ये प्रचण्ड पहिलो हुन्छन् होला ।

निर्वाचनपछि प्रच्ण्डका गतिविधि हेर्दा उनले चारवटा कार्ययोजना अन्तर्गत निर्वाचन क्षेत्रलाई प्राथमितामा राखेको देखिन्छ ।

पहिलो, राष्ट्रिय राजनीतिबाट फुर्सद पाए सकेसम्म निर्वाचन क्षेत्र जाने । स्थानीय जनतासँग भेटघाट गर्ने । साना होउन् कि ठूला, भ्याएसम्म स्कूलदेखि समुदाय, कलेजदेखि सहकारी, महिला समूहदेखि अन्य स्थानीय कार्यक्रममा सहभागिता जनाउने । अहिलेसम्म उनले दर्जनौं यस्ता कार्यक्रममा सहभागिता जनाएर मतदाताबीच आफ्नो बाक्लो उपस्थिति देखाएका छन् ।

 

दोश्रो, स्थानीयस्तरको विकासका लागि योजना निर्माण, मार्गचित्र निर्माणका लागि बहस र छलफलमा सहभागी हुने । प्रचण्ड निर्वाचन विजयपश्चात दर्जनौपटक औपचारिक र अनौपचारिकरुपमा चितवनका व्यापारीदेखि लगानीकर्तासँग छलफलमा बसे । उद्योग वाणिज्यकासंघसंस्थादेखि अन्य निकायका यस्ता कार्यक्रममा उनले समृद्ध चितवनका पक्षमा आफ्ना विचार राखे । केही पहलकदमी गरे । केही नयाँ कुरा सुने ।

तेश्रो चितवनको निर्वाचन क्षेत्रको विकासका लागि स्थानीयस्तरमा छलफलबाट तय भएका र निर्वाचनमा व्यक्त प्रतिबद्धताका आधारमा आफ्नो तर्फबाट वित्तिय श्रोत खोजीका लागि पहल गर्ने । सांसद कोषदेखि बिभिन्न मन्त्रालगत बजेटका लागि पहलकदमी गर्ने ।

तेश्रो चितवनको निर्वाचन क्षेत्रको विकासका लागि स्थानीयस्तरमा छलफलबाट तय भएका र निर्वाचनमा व्यक्त प्रतिबद्धताका आधारमा आफ्नो तर्फबाट वित्तिय श्रोत खोजीका लागि पहल गर्ने । सांसद कोषदेखि बिभिन्न मन्त्रालगत बजेटका लागि पहलकदमी गर्ने । यस अन्तर्गत बाटो, स्कूल, अस्पताल, रोजगारी, पर्यटन, खेलकूदलगायतका कैयन् क्षेत्रमा प्रचण्डकै पहलका कारण चितवनले उल्लेख्य श्रोत प्राप्त सजिलो भएको छ ।

भरतपुर अस्पताल केन्द्रीयस्तरको अस्पताल बन्ने भएको छ । पर्यटनको गुरुयोजनाका आधारमा चितवन मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने काम अघि बढेको छ । खेलकूदको क्षेत्रमा धेरै पहल भएका छन् । बाटो, पूललगायतका कैयन् योजना अघि बढेका छन् ।

 

तलबाट महानगरपालिका र माथिबाट प्रचण्ड, यो दुबैको पहलकदमीले अहिले चितवन केही वर्षमा नै नमूना र उल्लेख्य महानगरको रुपमा विकास हुने सम्भावना झनै बलियो बनेको छ ।

 

यो कार्यमा सकारात्मक र उर्जाशील चितवन महानगरपालिकाको नेतृत्वका कारण झन सजिलो भएको छ । संयोग भनौं पारिवारिकरुपमा आफ्नै छोरी र पार्टीगतरुपमा पूर्व माओवादी केन्द्रको नेतृत्व चितवन महानगरपालिकामा छ । तलबाट महानगरपालिका र माथिबाट प्रचण्ड, यो दुबैको पहलकदमीले अहिले चितवन केही वर्षमा नै नमूना र उल्लेख्य महानगरको रुपमा विकास हुने सम्भावना झनै बलियो बनेको छ ।

चौथो, प्रचण्डले निर्वाचन क्षेत्रका हरेकजसो गुनासो सुन्ने र तिनीहरुको समाधानका लागि पहल गर्न सम्पर्क कार्यालयका स्थापना गरेका छन् । सम्पर्क कार्यालयलाई उनको निर्देशन नै छ– हरेकका समस्या लिपिबद्ध गर्नुस् र समाधानका लागि कहाँ कुन निकायबाट के गर्न सकिन्छ पहल गर्नुस् । कुनै पनि मतदाता निराश भएर फर्किनु भएन ।

यता राष्ट्रिय राजनीतिमा प्रचण्डका अगाडि यो अवधिमा निकै ठूला चुनौतीहरु विद्यमान थिए ।

 

राष्ट्रिय राजनीतिका चापबीच पनि उनले समय निकालेर निर्वाचन क्षेत्रलाई बिर्सेनन् । मौका मिल्यो कि उनी निर्वाचन क्षेत्रतर्फ जाने गरि नै रहेका छन् ।

 

सरकार गठनसँगसँगै पार्टी एकताको जटिल चुनौती उनी सामु थियो । पार्टी एकता हुने कि नहुने भन्ने अन्यौल थियो । पार्टी एकतापछि पनि त्यसको कार्यविधि र सम्मानजनक एकीकरणका लागि उनको पहल महत्वपूर्ण थियो । राष्ट्रिय राजनीतिका चापबीच पनि उनले समय निकालेर निर्वाचन क्षेत्रलाई बिर्सेनन् । मौका मिल्यो कि उनी निर्वाचन क्षेत्रतर्फ जाने गरि नै रहेका छन् ।

राष्ट्रिय नेताका लागि देशका सबै निर्वाचन क्षेत्र उत्तिकै महत्वपूर्ण हुन्छन् । किनभने सबै निर्वाचन क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय राजनीति जनपक्षीय हुनपर्ने र त्यही अनुरुपको राज्यको नीति अनिवार्य हुन्छ । प्रचण्डले संघीय गणतन्त्र नेपालको संविधान निर्माणदेखि अहिलेसम्म नेपाललाई नयाँ युगतर्फ लैजाने दिशामा भूमिका निर्वाह गरे ।

पार्टीहरुबीचको विवाद, समूहहरुबीचको विवाद, देशका भूगोलहरुबीच देश नै छुट्टिएर जाने हो कि भन्ने किसिमको अलगाववादी विवादको बीचमा पनि उनले सहमति र सहकार्यको नयाँ राजनीतिक संस्कार विकास गर्न सफल भएर अहिले देश एउटा नयाँ ढंगको अभ्यासमा अघि बढेको छ । यो उनको राष्ट्रिय नेताको भूमिका थियो ।

जहाँ उनी निर्णायक बनेका छन् । यतिसम्म कि सरकारका कैयन् काम कारवाहीमा पनि जनताले प्रचण्डले के बोल्छन् भनेर हेर्ने अवस्था बनेको छ ।

 

तर यो भूमिका निर्णायक हुँदाहुँदै पनि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रप्रतिको दायित्व पनि बिर्सेका छैनन् । जुन मतदाताले विजय गराएका हुन, तिनीहरुको अपेक्षा पुरा गर्न मात्रात्मक र तत्कालिन सुधारदेखि विकास निर्माणका कार्य गर्ने दिशामा उनको पहल निरन्तर जारी नै छ ।

 

तर यो भूमिका निर्णायक हुँदाहुँदै पनि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रप्रतिको दायित्व पनि बिर्सेका छैनन् । जुन मतदाताले विजय गराएका हुन, तिनीहरुको अपेक्षा पुरा गर्न मात्रात्मक र तत्कालिन सुधारदेखि विकास निर्माणका कार्य गर्ने दिशामा उनको पहल निरन्तर जारी नै छ ।

यसअघिका थुप्रै निर्वाचित जनप्रतिनिधि ब्यहोरेका चितवनका जनताले प्रचण्डलाई विजय गराएर सुस्केरा हाल्दै पश्चाताप गर्ने अवस्था छैन । कतिपय पहल अघि बढका छन् र कतिपय कामहरु अब हुने आशा चितवनका जनतामा देखिन्छ ।

प्रचण्डले चितवनका जनतासमक्ष निर्वाचनताका कैयन् लिखित र मौखिक प्रतिबद्धता व्यक्त गरे । तीमध्ये विकास निर्माणका अतिरिक्त एउटा मुख्य माग भनेको सुकुम्बासी समस्याको स्थायी समाधान पनि थियो । यो दिशामा भने उनको प्रतिबद्धता अझै पुरा हुन सकेको छैन । चितवनवासीको आशा छ– प्रचण्डकै पहलमा सुकुम्बासी समस्याको समाधान छिटो होस् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!