नेपाली क्रिकेटको विवाद समाधान गर्न काठमाडौंमा बैठक बस्दै

काठमाडौं, साउन २८ । नेपाली क्रिकेटमा लामो समयदेखि देखिएका विवाद अन्त्यका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले गठन गरेको अनुगमन समितिको बैठक बस्दैछ ।

सोमबार राजधानीको एक होटलमा दिउँसो साढे २ बजे बस्ने तय भएको बैठकमा निर्वाचन भएका जिल्लाहरुको वैधानिकता छानविन तथा नेपाली क्रिकेटको पछिल्लो प्रगतिबारे छलफल हुने समितिका एक सदस्यले बताए ।

नेपाली क्रिकेटको विवाद समाधानका लागि आइसीसीले आफ्ना तीन प्रतिनिधि तथा निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषद्बाट एकएक जना रहने गरी पाँच सदस्सीय समिति गठन गरेको थियो ।

समितिमा आइसीसी प्रतिनिधिको रुपमा महम्मद अली, अमर शेख र नितिश कोठारी रहेका छन् । क्यानका तर्फबाट ठाकुर प्रताप थापा र राखेप प्रतिनिधि एलबी क्षेत्री समितिमा सदस्य छन् ।

दुईसम्म चल्ने बैठकमा नेपाली क्रिकेटमा देखिएका समस्या समाधनका विषयमा केन्द्रित रहने बताइएको छ । आइसीसीको निर्देशन अनुसारनै नेपाल क्रिकेट संघले गत वैसाख ६ गते साधारणसभामार्फत विधान पारित गरेपछि नेपाल क्रिकेट संघ माथिको निलम्बन फुकुवा हुने बाटो खुलेको थियो ।

तर केहि विषय विवादमै रहेकाले त्यसको पनि समाधान खोज्न आइसीसीले गत जेठमा मनिटरिङ कमिटी गठन गरेको हो । जिल्लागत संघले पठाएको प्रतिवेदन र प्रगति विवरणको अध्ययनपछि समितिले आइसीसीलाई रिर्पोटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!