फेसबुकमै खुम्चिएको युवा-विद्यार्थी शक्ति !

युवा आन्दोलन सानाठूला सवैखाले परिवर्तनको मुख्य आधार हो । युवाले सडकमा थाल ठटाउँदामात्र केही न केही परिवर्तन भएकै हुन्छ । युवाले छातीमा गोली थाप्दा २००७ सालको परिवर्तन, २०३६ सालको जनमत संग्रह, २०४७ सालको प्रजातान्त्रिक आन्दोलन होस या २०६२-०६३ को जनआन्दोलन सफल भएको उदाहरण हामीले देखि-भोगिसकेका छौं ।

यस्ता परिवर्तनमा आफ्ना नेताहरुको आज्ञालाई शिरोपर गरेर सबैभन्दा अगाडि छाती थाप्न सक्ने आँट र विश्वास पहिलो त युवामा नै हुँदो रहेछ ।

सरोज दिलु

यस्ता युगान्तकारी परिवर्तनका योद्धाहरु अहिलेका प्रधानमन्त्री तथा उहाँका समकालीन नेताहरु नै थिए । यी नेताहरुले आ-आफ्ना स्थानबाट यथास्थितिवादी सत्ताविरुद्ध ऐलान गरेर आफूलाई आन्दोलनमा होम्याउनुभयो । अझ तत्कालिन र आजका राष्ट्रिय नेताहरुका समकालीन युवा नेतृत्वले आफू पढेका राजधानीका क्याम्पसहरुलाई आन्दोलनको पृष्ठभूमि बनाई निरंकुश राज्य व्यवस्थासँग लडे । परिमाणतः आजका सबैखाले परिवर्तनहरु सम्भव भएका हुन् ।

तर जब तिनै नेताहरु आज राज्य व्यवस्थाका प्रमुख भए-हुँदैछन्, तिनीहरुले गरेका आन्दोलनका पृष्ठभूमिहरु भने मरुभूमिजस्तै हुन पुगेका छन् । आन्दोलनका आधारशीलाहरु भत्कन थालेका छन् । केही समयदेखि हामी हेरिरहेका छौं- रत्नराज्य कलेज, ल क्याम्पस, शंकरदेव, पद्यकन्या सुनसान छन् । नाम सुन्नासाथ सरकार तर्सिने अक्सल, सरस्वती, ताहाचल, पशुपति बहुमुखी क्याम्पसहरु अहिले पनि छन् त ? भनेर प्रश्न उठ्न थालेको छ ।

यिनै क्याम्पसहरु नै हुन् २०३६ सालदेखि भूमिगत नेताहरुलाई बचाउने र आजको राष्ट्रिय राजनीतिमा उतार्ने ।

यी क्याम्पसमा भर्ना भएर आन्दोलनमा नउत्रिदिएका भए आजका कतिपय नेताहरुमाथि थुप्रै सुखानी काण्डहरु घटिसक्थे । यिनै क्याम्पसहरुले गाउँगाउँमा भूमिगत आन्दोलनलाई बिस्तार गर्न सहयोग गरे । यी कलेजमा अध्ययन गर्ने युवा विद्यार्थीहरु मास्टरको भूमिकामा गाउँगाउँ पुगे, गाउंका उत्पीडित, गरीब जनतालाई संगठित गरे र पञ्चायत विरुद्ध लड्न बलियो हतियारका रुपमा तिनलाई तयार पारे ।

मधेश आन्दोलन हुँदा गौरकाण्डमा मारिनेहरु अधिकांश युवा उमेरका थिए, जसको बलिदानीले संघीयताको स्थापना भएको हो । यसले पनि के देखाउँछ भने परिवर्तनका बलियो आधार भनेकै युवा जमात नै हो ।

परिणामतः २०४७ सालको परिवर्तनमा राजदरवार अगाडि छातीमा गोली थाप्ने २४ जना सहिदमध्ये २० जना ४० वर्षमुनिका थिए भने आधाभन्दा बढी ३० वर्ष हाराहारीका थिए । २०६२-०६३ को आन्दोलनमा २६ जना सहिदहरुमध्ये ५ जना बाहेक सबै युवा उमेरकै थिए । मधेश आन्दोलन हुँदा गौरकाण्डमा मारिनेहरु अधिकांश युवा उमेरका थिए, जसको बलिदानीले संघीयताको स्थापना भएको हो । यसले पनि के देखाउँछ भने परिवर्तनका बलियो आधार भनेकै युवा जमात नै हो ।

जो न्यायको स्थापना होस्, जनताले सुख र शान्तिको अनुभूति गर्न पाओस् भन्ने चाहन्छ, त्यसले नै संसार जित्ने आँट गर्छ र आन्दोलनको अग्रमोर्चामा अघि बढ्छ । योगेश भट्टराई, गगन थापा, महेन्द्र यादव, महेश बस्नेत, रामकुमारी झाँक्री, नविना लामा, कृष्णा सिंह, योगेन्द्र यादव, प्रदिप पौडेल, राजेन्द्र राई लगायतका नेताहरु परिवर्तनका लागि अग्रमोर्चा समाल्ने युवा थिए । संविधान निर्माणताका गरिएको मधेश आन्दोलनमा समेत थुप्रै मधेसी युवा नेताहरुले आन्दोलनको मोर्चा समालेका थिए ।

तिनकै आँट र नेतृत्वले तत्कालिन सरकारले गरेका सबैखाले रवैयाहरु परास्त भएका हुन् । बुढाहरु निर्देशन दिन्थे अनि आन्दोलन सफल भएपछि भाषण गर्नमात्र आउँथे र आन्दोलन असफल हुँदा भूमिगत भई हराउँथे । तर, चाहे चरम दमनको बेला होस् या संकटकालीन र सेना परिचालनको अवस्थामा होस् सरकारी प्रशासनविरुद्ध लड्ने, गैरन्यायिक राज्य प्रणालीका विरुद्ध सडकमा उत्रिने यिनै युवाहरु नै थिए ।

आजकाल युवा नेताहरुको हात महंगा, एन्रोइड् मोवाइल र गोजीमा राम्रै पैसा हुन्छ । स्वादिष्ट मिष्ठान्नहरु नै खान्छन्, पिउँछन्, राम्रो मिलेको आयातित रेडिमेड कपडा नै लगाउँछन् ।

हामीले प्रत्येक्ष भोगेका छौं, आफैपनि आन्दोलनमा सरिक भएर राज्यको गलत कदम, हैकमवाद र निरंकुशताका विरुद्ध सडकमा पुगेका छौं । एक रुपैया मट्टितेलमा भाऊ बढ्दा आरआर, ल, विश्वभाषा, शंकरदेव, पिके कलेज अगाडि आकाशै कालो हुनेगरी टायर बाल्ने, ईंटा र ढुंगाको वर्षा नै हुनेगर्दथ्यो । दिनमा कैंयौं राउण्ड अश्रुग्यास फायरिंग हुन्थे । एउटा साधारण नेता पक्राऊ पर्दादेखि रिक्तिक रोशन काण्ड, लाउडाकाण्ड, महाकाली सन्धीलगायतका सानाठूला मुद्दामा हामीले अक्सल, ताहाचाल, पिपुल्प क्याम्पसहरुलाई राज्यसत्ताविरुद्ध ऐलान् गर्ने कुरुक्षेत्र बनाएका थियौं । १९ दिने जनआन्दोलन होस् या संविधान बनिरहँदा हामीले दिनैपिच्छे त्यसरी नै कलेज र सडक ततायौं । र, आज हामी कतिपय त्यहीबाट स्थापित भई नेता भएका छौं ।

तर तिनै आन्दोलनको पृठिभूमिबाट आएका नेताहरु आज विगततिर फर्केर हेर्दैनन्, आफैंले उठाएका एजेण्डाहरुको समिक्षा पनि गर्दैनन् न त यी कलेजहरुमा नयाँपुस्ता पनि तयार गरे । आज न आन्दोलनको कुरा गर्छन् न कुनै परिश्रम । आजकाल युवा नेताहरुको हात महंगा, एन्रोइड् मोवाइल् र गोजीमा राम्रै पैसा हुन्छ ।स्वादिष्ट मिष्ठान्नहरु नै खान्छन्, पिउँछन्, राम्रो मिलेको आयातित रेडिमेड कपडा नै लगाउँछन् ।

सर्वसाधारणले २।३ महिना खानपुग्ने रकम बरावरको जुत्तामोजा घढी, चश्मा लगाउँछन्। अझ युवा नेताहरु हिजो आन्दोलन गरेका सडकमा टेक्न मान्दैनन्, भए आफ्नो नभए अर्काको गाडीमै चढेर हुईकिएको र अरुले कमाएको पैसामा नै रमाएका देखिन्छन् । भाषण गर्ने र बोलिदिने वाहेकको यिनीहरुसंग जीवनलाई साध्ने खासै कला पनि हुँदैन, ज्ञान पनि हुन्न । राज्यसत्ताहरुको वरपर बसेर आफूले युवा अवस्थामा गरेको वाचा र आफूले रोजेको बाटो सवै बिर्सिसकेका छन् । परिणामतः युवा–विद्यार्थी आन्दोलनले स्थापित गरेको परिवर्तन आज ब्यत्तिगतरुपमा कमाउने र मोजमस्ती गर्ने सहज माध्यम बन्दैगएको छ ।

होटलका परिसर, क्याफेमा बसेर ती आन्दोलकारी शक्तिहरु कफी र स्न्याक खाइरहेका देख्छौं । फेसवुकमा कसले के स्टाटस् लेख्यो आआफ्ना मोवाईल हेरेर आत्मरञ्जित भइरहेका पाउँछौं । काठमाडौंमा मात्र होईन मधेशमा पनि छैन आन्दोलन । त्यहाँ पनि त्यसरी युवा नेताहरु पानमसला पसल र स्काईभेटर अप्रेसन योजनामा ब्यस्त देखिन्छन् ।

सुशासन, शान्ति र समृद्धिको बाटोमा आफ्नै सरकार र नेताहरुलाई समेत सच्च्याउने, विकल्प दिने र सहयोग गर्ने दायित्व युवा-विद्यार्थीहरुकै हो । तर विगत केही महिनाको अवधिमा इन्धनमा १९ रुपैंया भाऊ बढ्यो । तरकारीमा २०० प्रतिशत जति, ६० प्रतिशत खाद्यान्नमा र ४० प्रतिशत निर्माण सामाग्रीहरुमां ह्वात्तैमूल्यवृद्धि भयो ।

यी विषयमा युवा-विद्यार्थीहरु छलफल गर्नै रुचाउदैनन् । ती संगठनहरुले प्रेसविज्ञप्ती समेत निकालेको देखिदैन । वरु होटलका परिसर, क्याफेमा बसेर ती आन्दोलकारी शक्तिहरु कफी र स्न्याक खाइरहेका देख्छौं । फेसवुकमा कसले के स्टाटस् लेख्यो आआफ्ना मोवाईल हेरेर आत्मरञ्जित भइरहेका पाउँछौं । काठमाडौंमा मात्र होईन मधेशमा पनि छैन आन्दोलन । त्यहाँ पनि त्यसरी युवा नेताहरु पानमसला पसल र स्काईभेटर अप्रेसन योजनामा ब्यस्त देखिन्छन् ।

पछिल्लो समयमा युवाहरु अझ अपराधतिर उन्मुख भएको देखिन्छ । तश्करी, अपहरण, हत्या र वलात्कारका घट्ना दिनैपिच्छेजस्तो वाहिर आइरहेका छन् । त्यसविरुद्ध गैरसरकारी संस्था, मानवअधिकारविादीहरु कराईरहेका छन् तर हामी राजनीतिक युवा-विद्यार्थी संगठनहरु चुईँक्क समेत बोलिरहेका छैनौं । लोकतन्त्रको विकाससंगै यस्ता अपराधमा युवा अझ बढी किन संलग्न हुनपुगेका छन् त ? अपराधबाट युवालाई बचाउने उपायहरु के के हुन् ? खै यतापट्टि हाम्रो युवा आन्दोलनले सोचेको ? समिक्षा गरेको ?

यतिवेला तानाशाही पञ्चायतमा समेत नभएका भ्रष्टचारहरुले मुलुकलाई निल्दैछ । हैकमवादी तानाशाही एकतन्त्री शासनभन्दा कठोर देखिन्छ, हाम्रो कर्मचारीतन्त्र र प्रहरी सेवा । हामीले कर तिरेर पालेका राष्ट्रसेवक कर्मचारीहरु सञ्चालन हुने मूलमुहान सिंहदरवारका हाकिमहरु मन्त्रीको आदेश नै टेर्दैनन् । तिनले विधायकहरुलाई गन्दैनन्, जनतालाई माखो बरावर पनि मान्दैनन् भने सिंहदरवार कहाँ छ भनेर जान्दैनजानेका जनतालाई त्यहाँका कर्मचारीहरुले कस्तो ब्यवहार गरिरहेका होलान् ?

मुलुक नयाँ मोड्मा प्रवेश गरेलगत्तै नयाँनयाँ सवालहरु स्थापित भएका छन्, चूनौतीहरु पनि देखापर्न थालेका छन् । ती चुनौतिहरुसंग सामना गर्ने शक्ति युवा नै हो । युवा आन्दोलनका उपलब्धी के के भए, बनेका संरचनाहरु के कति सक्रीय छन् ? तिनको समिक्षा गर्ने पनि युवा नै हुन् ।

संविधानले सार्वभौम बनाएको नागरिकले एउटा ट्राफिकलाई तैले अन्याय गरिस् भन्न पाउदैन । स्थानीय निकायमा नागरिकलाई सेवासुविधा लिन अझ बढी असहज देखिएको छ, करको दायरा बढाईएको छ । विदेश संस्थाहरुले खुलेआम नेपालीको अरबौं कमाई उठाएर उनीहरुको देशमा लैजादैछन् । तथापि हामी युवा राजनीतिककर्मी मौन छौं । कारण के हो ?

अन्ततः यतिवेला आन्दोलन त परै जाओस् युवा कहाँ छन् भनेर खोज्नुपर्ने वेला भएको छ । ४०.३ प्रतिशत युवा त होलान् तर आन्दोलन भने छैन । आन्दोलन नहुनुको कारण इस्यु र एजेण्डा नभएर पनि होईन । मुलुक नयाँ मोड्मा प्रवेश गरेलगत्तै नयाँनयाँ सवालहरु स्थापित भएका छन्, चूनौतीहरु पनि देखापर्न थालेका छन् । ती चुनौतिहरुसंग सामना गर्ने शक्ति युवा नै हो । युवा आन्दोलनका उपलब्धी के के भए, बनेका संरचनाहरु के कति सक्रीय छन् ? तिनको समिक्षा गर्ने पनि युवा नै हुन् ।

खवसरदारी गर्ने, गल्ती औल्याइदिने शक्ति शीथिल हुँदा राज्यसत्ताको कार्यशैली समेत सन्तुलित नभई सर्वोपरी हुनेअवस्था रहन्छ । नेताहरु जनमुखि नभई बढी बिलासित बन्दै जाने, कर्मचारी-प्रशासनिक संयन्त्र निरंकुश हुने र राज्य पुँजीपति र दलालहरुको हातमा जाने खतरा निम्तिन सक्छ ।

नयाँ संविधान कार्यन्वयन गराउन युवा उत्तिकै सक्रीय हुनुपर्ने हो । तर युवा त छन् जागरुक छैनन् । अर्थात त्यो शक्ति अपाङ्ग भएर थन्किए वा थन्क्याइएको अवस्था छ । उनीहरु मन्दवीष पिएर शिथिल भएजस्तो देखिन्छ । युवा आन्दोलन अव फेसवुकमा मात्र सीमित भएको छ । यसरी खबरदारी गर्ने, गल्ती औल्याइदिने शक्ति शिथिल हुँदा राज्यसत्ताको कार्यशैली समेत सन्तुलित नभई सर्वोपरी हुने अवस्था रहन्छ । नेताहरु जनमुखि नभई बढी बिलासित बन्दै जाने, कर्मचारी-प्रशासनिक संयन्त्र निरंकुश हुने र राज्य पुँजीपति र दलालहरुको हातमा जाने खतरा निम्तिन सक्छ । युवा आन्दोलनको विघठनसंगै हिजो प्राप्त गरिएका उपलब्धीहरु आज गुम्दै जाँने खतरा पनि बढ्नसक्छ । युवाहरु सावधान ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!