सरकार धमाधम आफुनिकटलाई करौडौं रकम बाड्दै

काठमाडौं, साउन २८। सरकारले माापदण्ड र आधारबिनै आफू निकटलाई राज्यकोषबाट करौडौँ रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । ३ लाखदेखि २० लाख रुपैयाँसम्म सहायता वितरण गरिएको छ । आर्थिक सहायता कार्याविधिमा ५ लाखभन्दा बढी दिन पाइँदैन । मन्त्रालयगत तहबाट वितरण भएका रकम भने यसमा मावेश छैन ।

मन्त्रालयहरुले आफुनिकटका संस्थालाई दुई करोडभन्दा बढी रकम वितरण गरेका छन् । राज्यकोषबाट चार करोडभन्दा बढी रकम वितरण भईसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । पुर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नै नौँ महिनामाा २९ करोड रुपैयाँ सहायता वितरण गर्दा सर्वत्र आलोचित भएको थियो । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्